काठमाडौँ, ०८ फागुन – नेपाल राष्ट्र बैंकले बिहिवारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३८ रूपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ३९ रूपैयाँ ४३ पैसा, युरोपियन युरो एकको खरिददर एक सय ४४ रूपैयाँ ७५ पैसा र बिक्रीदर एक सय ४५ रूपैयाँ ३८ पैसा निर्धारण गरिएको छ ।
युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७४ रूपैयाँ ७४ पैसा र बिक्रीदर एक सय ७५ रूपैयाँ ४९ पैसा कायम गरिएको छ । स्विस फ्र्यांक एकको खरिददर एक सय ५३ रूपैयाँ ५८ पैसा र बिक्रीदर एक सय ५४ रूपैयाँ २५ पैसा तय गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८८ रूपैयाँ १२ पैसा र बिक्रीदर ८८ रूपैयाँ ५० पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रूपैयाँ ७३ पैसा र बिक्रीदर ९८ रूपैयाँ १५ पैसा, सिंगापुर डलर एकको खरिददर एक सय तीन रूपैयाँ ३५ पैसा र बिक्रीदर एक सय तीन रूपैयाँ ८० पैसा निर्धारण गरिएको केन्द्रीय बैंकले जनाएको छ ।
जापानी येन १० को खरिददर नौ रूपैयाँ १४ पैसा र बिक्रीदर नौ रूपैयाँ १८ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रूपैयाँ ०५ पैसा र बिक्रीदर १९ रूपैयाँ १४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रूपैयाँ ०२ पैसा र बिक्रीदर ३७ रूपैयाँ १८ पैसा, कतारी रियाल एकको खरिददर ३८ रूपैयाँ ०९ पैसा र बिक्रीदर ३८ रूपैयाँ २५ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ १२ पैसा र बिक्रीदर चार रूपैयाँ १४ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ८० पैसा र बिक्रीदर ३७ रूपैयाँ ९६ पैसा, मलेसियन रिंगेट एकको खरिददर ३१ रूपैयाँ २६ पैसा र बिक्री दर ३१ रूपैयाँ ३९ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रूपैयाँ ६३ पैसा र बिक्रीदर नौ रूपैयाँ ६७ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रूपैयाँ ९३ पैसा र बिक्रीदर १२ रूपैयाँ ९९ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रूपैयाँ ४१ पैसा र बिक्री दर १९ रूपैयाँ ४९ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ८५ पैसा र बिक्रीदर १७ रूपैयाँ ९३ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४९ रूपैयाँ ५१ पैसा र बिक्रीदर चार सय ५१ रूपैयाँ ४५ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६८ रूपैयाँ ३७ पैसा र बिक्रीदर तीन सय ६९ रूपैयाँ ९६ पैसा र ओमनी रियाल एकको खरिददर तीन सय ६० रूपैयाँ ६० पैसा र बिक्रीदर तीन सय ६२ रूपैयाँ १६ पैसा निर्धारण भएको छ ।
यस्तै, भारतीय रूपैयाँ एक सयको खरिददर एक सय ६० रूपैयाँ र बिक्रीदर एक सय ६० रूपैयाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैंककले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने उल्लेख छ ।