शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

आज २०८१ फागुन ०४ गते आईतबारको राशिफल

शनिवार , फाल्गुण ३, २०८१

आज विक्रम संवत २०८१ साल फागुन ४ गते, आईतबार । ईश्वी सन् २०२५ फेव्रुवरी १६ तारिख । नेपाल संवत् ११४५ । कालयुक्तनाम संवत्सर । उत्तरायणं । शिशिर ऋतु । श्रीशाके १९४६ । फाल्गुन कृष्णपक्ष । तिथि–चतुर्थी, ४४ घडी ४७ पला, बेलुकी १२ बजेर ३७ मिनेट उप्रान्त पंचमी । नक्षत्र–हस्त, ५१ घडी २४ पला, रातको ३ बजेर १६ मिनेट उप्रान्त चित्रा । योग–धृती, २ घडी ० पला, बिहान ७ बजेर ३१ मिनेट उप्रान्त शूल । करण–बव, बिहान ११ बजेर ३७ मिनेट उप्रान्त बालव, रातको १२ बजेर ३७ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–मानस योग । चन्द्रराशि–कन्या । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ४३ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर ५४ मिनेट । दिनमान २८ घडी ० पला । मेष, ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) :– कृषि तथा पशुपालनमा फाइदा हुनेछ। पढाइ र सन्तानको बारेमा चिन्ता बढ्न सक्छ । प्रतिस्पर्धीलाई कमजोर ठान्दा हानि हुन सक्छ। कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । स्वास्थ्यगत समस्याले सताउने देखिन्छ । उपचारमा खर्च हुने योग छ । वृष, ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) :– अप्ठ्यारो काम बन्नेछ । प्रेम र मित्रताको बन्धन कसिने सम्भावना छ । रमाइला ठाउँको भ्रमण गर्ने अवसर प्राप्त हुनेछ । व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला। रुचिका विषयमा लगानी बढाउने समय छ । समयमा होसियार बन्न नसक्दा काममा बाधा हुने र खर्च बढ्ने देखिन्छ। मिथुन, ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) :– शुभचिन्तकहरूले साथ दिनेछन् र विभिन्न अवसर पाइनेछ। तर, आफ्नै कमजोरीले चिताएको काममा व्यवधान आउने देखिन्छ । आम्दानी तथा आयआर्जनका स्रोत समेत बढ्ने समय छ । व्यापारमा मनग्य फाइदा हुनेछ । विद्यामा कमजोरी र लेनदेनमा विवाद होला । विगतका समस्या बल्झिन सक्छन्। कर्कट, ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ) :– आज हातमा आएको अवसर गुम्ने सम्भावना देखिन्छ । सहयोगी वा हितैसीले कमजोरीप्रति टिप्पणी वा गुनासो गर्न सक्छन्। आँटेका काम तत्काल सम्पादन हुनेछन् । पछिसम्म लाभ हुने काममा लगानी गर्ने अवसर प्राप्त हुनेछ । भौतिक साधन जुट्नाले आयआर्जन राम्रै हुनेछ । अतिथिका रूपमा सम्मान समेत पाइएला । सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ) :– मेहनतले धेरैको विश्वास जित्न सकिनेछ । अरूको दबाबमा परिए पनि कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग निकटता बढ्नेछ । अस्वस्थताका बाबजुद कामको दायित्व बढ्नेछ। सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ। अरूले फसाउन सक्छन्। कन्या, ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) :– आमाको माध्यमबाट काम बनाउन सकिनेछ। महत्वाकांक्षी योजना गोप्य राख्नुहोला। धन जनको पनि बृद्घि हुने देखिन्छ । समयमा होसियार बन्न नसक्दा काममा बाधा हुने र खर्च बढ्ने देखिन्छ । मेहनतअनुसार फाइदा कमै होला । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । काममा उत्साह जगाउनेछ । तुला, (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) :– सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ । कृषिकर्म र व्यावसायिक काममा केही लगानीपछि फाइदा हुनेछ । आज नसोचेको ठाउबाट धनको लाभ हुने देखिन्छ, साथै ब्यापार ब्यबसायमा पनि प्रशस्तै लाभ हुने देखिन्छ । विभिन्न अवसरले पछ्याउनेछन् । भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ । वृश्चिक, ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ) :– बोलीको गलत अर्थ लाग्नाले आत्मसम्मानमा चोट पुग्न सक्छ। विचारलाई तौलेर व्यक्त गर्नु बुद्धिमानी हुनेछ। ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्नेछ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ । रमाइलो यात्रा गर्ने अवसर जुट्नेछ । कामको चापबाट पनि फुर्सद पाइनेछ । धनु, ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) :– प्रयत्न गर्दा विगतका कमजोरीलाई सच्याउन सकिनेछ। टाढिएका आफन्तहरू नजिकिन सक्छन्। मसलाजन्य खानबाट आज एकदमै सावधान रहनु होला, साथै भौतिक साधनको क्षतिले रुपैयापैसाको हानि हुने देखिन्छ । अरूका काममा समय बित्न सक्छ। उपलब्धि प्राप्त गर्न निकै मिहिनेत गर्नुपर्नेछ। मकर, ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) :– प्रतिस्पर्धी परास्त होलान् । सहयोगीहरूले राम्रै साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । परिवारजनबाट टाढिनुपर्ला। आफ्नै कमजोरीले विवादमा परिनेछ भने सद्विचारले अभिप्रेरित हुनेहरूलाई फाइदा हुनेछ। सानातिना काम र घरेलु समस्यामा पनि अल्झनुपर्ने देखिन्छ। अनावश्यक भ्रमणमा समय बित्न सक्छ। कुम्भ, (गु, गे, गो, सा, सि, सु, से, सो, दा) :– प्रशस्त धन आर्जन गर्ने मौका छ । पराक्रम र उत्साह बढ्नेछ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ हुन सक्छ। साझेदारीमा फाइदा हुनेछ। मौकाको फाइदा उठाउन नसकिएला । सवारीसाधन चलाउँदा सावधानी अपनाउनुहोला। मीन, ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) :– आज तपाइले सोचेको काममा सफलता प्राप्त हुने देखिन्छ, द्रब्य प्राप्तिको पनि योग रहेको छ । लाभ हुने काम प्रारम्भ गर्ने समय छ। गरिएका कामको राम्रै मूल्यांकन हुनेछ। व्यावसायिक काममा खर्च बढ्नेछ । धर्मकर्म र सेवामूलक कामबाट प्रतिष्ठा मिल्नेछ । प्रयत्न गर्दा सफलता हात लाग्ला ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन मंगलमय रहोस्

प्रतिक्रिया