शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

यस्तो छ आज शुक्रवारको मौसम पूर्वानुमान

शुक्रवार , फाल्गुण २, २०८१

काठमाडौँ, २ फागुन – हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।

कोशी प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना र बिहानीपख तराईका केही भू-भागहरुमा हुस्सु/कुहिरो लाग्ने सम्भावना रहेको छ। यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।

प्रतिक्रिया