शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

आज २०८१ फागुन ०१ गते बिहिबारको राशिफल

बुधवार , माघ ३०, २०८१

आज बि.सं २०८१ फाल्गुण ०१ बिहिबार ई.सं २०२५ फेब्रुवरी १३ नेपाल सम्बत ११४५ सिल्लागा पारु, नाम संवत्सर सूर्य उत्तरायनं, शिशिर ऋतु, फाल्गुण कृष्ण प्रतिपदा, चन्द्रमा सिंह राशिमा, मघा नक्षत्र, शोभन योग, बालव करण । आज नेपालमा सूर्याेदय बिहान ०६: ४२ बजे, सूर्यास्त साँझ ०५: ५३ बजे हुनेछ । आज जन्म लिने बच्चा सिंह राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दहि खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ६ बजेर ४२ मिनेट देखि ८ बजेर ६ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । आज कुम्भ संक्रान्ति/विश्व रेडियो दिवस रहेको छ । मेष, ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) :– प्रयत्न गर्दा मौकाको फाइदा उठाउन नसकिएला। सवारीसाधन चलाउँदा सावधानी अपनाउनुहोला। दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने समय छ। तार्किक क्षमता बढ्नेछ। विशेष सभा–समारोहमा भाग लिने मौका प्राप्त हुनेछ। वृष, ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) :– व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला। रुचिका विषयमा लगानी बढाउने समय छ। व्यापारलगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा हुनेछ। ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छ । मिथुन, ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) :– परिवारजनको साथले काममा उत्साह जगाउनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ भने दाम्पत्य सुखमय बन्नेछ। श्रद्धा र परोपकारमा मन जानेछ। स्वास्थ्यमा भने कमजोरी अनुभव हुनेछ। सानातिना काममा अल्झनुपर्दा मुख्य काममा अवरोध हुन सक्छ। कर्कट, ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ) :– अस्वस्थताका बाबजुद कामको दायित्व बढ्नेछ। सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ। अस्वस्थताले चिन्ता र काममा ढिलासुस्ती हुन सक्छ । अप्रिय समाचारले दुःखी बनाउला,यात्राको पनि समय छ । सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ) :– राम्रै आम्दानी हुने रोजगारीको अवसर मिल्न सक्छ। बेसुरमा अरूलाई दिएको वचनले अप्ठ्यारोमा पार्न सक्छ पढाइलेखाइमा प्रगति गर्न नसकिने र व्यापारमा समेत सोचेको फाइदा नउठ्ने देखिन्छ। नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला। कन्या, ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) :– व्यापारमा मनग्य फाइदा हुनेछ भने आँटेका काम तत्काल सम्पादन हुनेछन्। पछिसम्म लाभ हुने काममा लगानी गर्ने अवसर प्राप्त हुनेछ । विभिन्न सहयोग र उपहार पाइनेछ। भौतिक साधन जुट्नाले आयआर्जन पनि राम्रै हुनेछ। अतिथिका रूपमा सम्मान समेत पाइएला। तुला, (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) :– अनावश्यक भ्रमण हुन सक्छ। स्वास्थ्यगत समस्याले पनि सताउने देखिन्छ। उपचारमा खर्च हुने योग छ। मेहनत गर्दा राम्रै प्रतिफल प्राप्त हुने समय छ। सहयोगीहरूले काममा उत्साह जगाउनेछन्। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। वृश्चिक, ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ) :– सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन, सचेत रहनुहोस्। व्यावसायिक काममा खर्च बढ्नेछ।उद्योग र व्यापारमा फाइदा हुनेछ। प्रतिस्पर्धीलाई पनि पछि पार्न सकिनेछ। कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिएला । धनु, ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) :– विद्यामा कमजोरी र लेनदेनमा विवाद होला। विगतका समस्या बल्झिन सक्छन्। सानातिना काम र घरेलु समस्या देखापर्ला । रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। पुरुषार्थद्वारा अधिकार स्थापित गर्न सकिनेछ। प्रतिस्पर्धामा पनि विजयी भइनेछ। मकर, ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) :–  कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ। समयमा चिताएको काम सम्पादन नहुन सक्छ। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। मेहनतअनुसार फाइदा कमै होला । कुम्भ, (गु, गे, गो, सा, सि, सु, से, सो, दा) :– रमाइलो यात्रा गर्ने अवसर जुट्नेछ। कामको चापबाट पनि फुर्सद पाइनेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। मनमा डर लागे पनि विभिन्न अवसरले पछ्याउनेछन्। बोलीको प्रभाव पनि बढ्नेछ। ठीक समयमा सही निर्णय लिन सकिनेछ। मीन, ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) :– अरूका काममा समय बित्न सक्छ। उपलब्धि प्राप्त गर्न निकै मिहिनेत गर्नुपर्नेछ। काम पूरा नहुनाले मन खिन्न रहनेछ। आफन्त तथा नजिकका साथीभाइ टाढिन सक्छन्। अरूको फाइदाका लागि उपयोग भइनेछ भने परिस्थिति आफ्ना लागि अलि प्रतिकूल बन्न सक्छ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन मंगलमय रहोस्

प्रतिक्रिया