शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सुनको मूल्य तोलामा दुइ हजार सात सयले घट्यो

बुधवार , माघ ३०, २०८१

काठमाडौँ, ३० माघ – स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुन प्रतितोला रु दुई हजार ७०० ले घटेको हो ।

मंगलबार प्रतितोला सुन रु एक लाख ७० हजार २०० मा कारोबार भएकामा आज सोही परिमाणको सुनको मूल्य रु एक लाख ६७ हजार ५०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी, चाँदी प्रतितोला रु १५ ले घटेको छ । आजका लागि प्रतितोला चाँदीको मूल्य रु एक हजार नौ सय ३० निर्धारण गरिएको छ ।

प्रतिक्रिया