शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

आज २०८१ माघ ३० गते बुधबारको राशिफल

बुधवार , माघ ३०, २०८१

आज विक्रम संवत २०८१ साल माघ ३० गते, बुधबार । ईश्वी सन् २०२५ फेव्रुवरी १२ तारिख । नेपाल संवत् ११४५ । कालयुक्तनाम संवत्सर । उत्तरायणं । शिशिर ऋतु । श्रीशाके १९४६ । माघ शुक्लपक्ष । तिथि–पूर्णिमा, ३० घडी ५९ पला, बेलुकी ७ बजेर ९ मिनेट उप्रान्त प्रतिपदा । नक्षत्र–अष्लेषा, ३२ घडी १६ पला, बेलुकी ७ बजेर ४० मिनेट उप्रान्त मघा । योग–सौभाग्य, ४ घडी ३१ पला, बिहान ८ बजेर ३४ मिनेट उप्रान्त शोभन । करण–भद्रा, बिहान ७ बजेर ० मिनेट उप्रान्त बव, बेलुकी ७ बजेर ९ मिनेट उप्रान्त बालव । आनन्दादिमा–राक्षस योग । चन्द्रराशि–कर्कट, बेलुकी ७ बजेर ४० मिनेट उप्रान्त सिंह । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ४६ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर ५१ मिनेट । दिनमान २७ घडी ४५ पला । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धँनिया मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ६ बजेर ४३ मिनेट देखि ८ बजेर ६ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । आज श्री स्वस्थानी व्रत समाप्ती÷पूर्णिमा व्रत÷माघ स्नान समाप्ती रहेको छ । मेष, ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) :– विगतका समस्या बल्झिन सक्छन्। प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन्। तर व्यापार–व्यवसायमा सोचेको लाभ नमिल्न सक्छ। सहयोगको आशा देखाउनेहरूले झुक्याउलान्, सचेत रहनुहोला। आजको प्रयत्न निष्फल जस्तै होला। वृष, ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) :– संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन्। प्रतिस्पर्धामा पनि विजयी भइनेछ। आस मारेको काम बन्नाले उत्साह जाग्नेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। विशेष योजनाहरू बन्नेछन्। शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। मिथुन, ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) :– लगानी र श्रमको उचित मूल्य नपाइने समय छ। न्यून उपलब्धिका लागि निकै मिहिनेत गर्नुपर्ने समय छ। समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ। कर्कट, ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ) :– तपाईंको ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन्। आफ्ना योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ। आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन्। शत्रुहरूको चलखेल बढ्नाले गल्तीबिनै आरोप लाग्न सक्छ। सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ) :– प्रेमको बन्धनमा कसिनेछ। सवारीसाधन उपयोग गर्दा अलि सावधानी अपनाउनुपर्ला, रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। अरूको विश्वासमा पर्दा अन्त्यमा धोका पाइएला। रोकिएका काम बन्नाले आर्थिक पक्ष पनि सबल बन्नेछ। कन्या, ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) :– आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ। नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ। गरी आएको कामलाई भने निरन्तरता दिन सकिनेछ। तुला, (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) :–यात्रामा समस्या आउने र बाध्यताका काममा जुट्नुपर्ने योग छ। पति वा पत्नीका माध्यमबाट फाइदा हुनेछ। आतिथ्यपूर्ण सम्मान पाइएला। बलजफ्तीले चिताएको काम बिग्रन सक्छ। पुरानो सम्झौता भंग हुने सम्भावना छ। धैर्यसाथ बुद्धिको उपयोग गर्दा बिस्तारै काम बन्नेछ। वृश्चिक, ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ) :– आशा देखाउनेहरूको भरपर्दा धोका हुन सक्छ। चुनौतीपूर्ण कामको दायित्व लिनाले धेरै परिश्रमपछि न्यून सफलता मिल्नेछ। केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ । तापनि समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ। धनु, ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) :– आश्वासन दिएर झुक्याउनेहरूले सताउन सक्छन्। बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । विभिन्न अवसरजुटे पनि अरूलाई वचन दिने बानीले दुःख पाइनेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ। प्रभावशाली व्यक्तिहरू प्रतिस्पर्धामा उत्रन सक्छन् । मकर, ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) :–पढाइलेखाइमा प्रगति हुनेछ। पेटको खराबीले स्वास्थ्य भने कमजोर रहला। व्यावसायिक काम बीचमा अवरुद्ध बन्न सक्छ। आम्दानी बढ्नेछ भने आतिथ्यपूर्ण सम्मान प्राप्त हुन सक्छ। प्रेमको बन्धन कसिने बेला छ। दाम्पत्य जीवन सुखद बन्नेछ। कुम्भ, (गु, गे, गो, सा, सि, सु, से, सो, दा) :– आफ्नो प्रतिभा अरूलाई देखाउन सकिनेछ । गुरुजनको विशेष सहयोग जुट्नेछ । प्रयत्न गरेका काम ढिलै सम्पादन भए पनि उपलब्धि राम्रै पाइनेछ । काम बिग्रने भयले सताउला । लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नपाइने समय छ । न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने समय छ । मीन, ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) :– नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ । बदनाम व्यक्तिहरूले मात्र सहयोगको तत्परता देखाउनेछन्, सजग रहनुहोला। सरकारी कडिकडाउको सिकार भइनेछ। अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ। शोख पूरा गर्नमा खर्च हुनेछ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन मंगलमय रहोस्

प्रतिक्रिया