आज विक्रम संवत २०८१ साल माघ २७ गते, आइतबार । ईश्वी सन् २०२५ फेव्रुवरी ९ तारिख । नेपाल संवत् ११४५ । कालयुक्तनाम संवत्सर । उत्तरायणं । शिशिर ऋतु । श्रीशाके १९४६ । माघ शुक्लपक्ष । तिथि–द्धादशी, ३३ घडी १३ पला, बेलुकी ८ बजेर ५ मिनेट उप्रान्त त्रयोदशी । नक्षत्र–आद्र्रा, ३० घडी २ पला, बेलुकी ६ बजेर ४८ मिनेट उप्रान्त पुनर्वशु । योग–विष्कुम्भ, १६ घडी २० पला, दिउँसो १ बजेर ३० मिनेट उप्रान्त प्रिती । करण–बव, बिहान ८ बजेर ३९ मिनेट उप्रान्त बालव, बेलुकी ८ बजेर ५ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–ध्वांक्ष योग । चन्द्रराशि–मिथुन । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ४८ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर ४९ मिनेट । दिनमान २७ घडी ३४ पला ।
आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घिउ खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ८ बजेर ८ मिनेट देखि ९ बजेर ३१ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । आज भिष्म द्वादशी रहेको छ ।
मेष, ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) :– अधिकारका लागि केही संघर्ष हुन सक्छ। आँटेका काममा बाधा पुर्याउनेहरू प्रशस्तै हुनेछन्। फजुल खर्च पनि बढ्नेछ। मेहनतले विशेष उपलब्धि आर्जन हुनुका साथै मानसम्मानसमेत प्रप्त हुने समय छ। सहयोगीहरू जुट्नाले उत्साह जाग्नेछ।
वृष, ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) :– स्वास्थ्य प्रतिकूल रहे पनि हिम्मतले काम लिनुका साथै भैपरी आउने समस्या सुल्झाउन सकिनेछ। आस मारेको कामले उत्साह जगाउनेछ। प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला।
मिथुन, ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) :– काम पूरा नभए पनि आंशिक फाइदा हुनेछ। सामाजिक उत्तरदायित्व वहन गर्दै पछि फाइदा हुने काम हात पार्ने मौका छ। प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गर्नेछन्। खर्च बढ्नेछ। परिस्थितिसँग सम्झौता गर्नुपरे पनि प्रतिष्ठा जोगाउन सफल भइनेछ ।
कर्कट, ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ) :– आयआर्जनका स्रोत बढ्नेछन् र दैनिक काममा पनि राम्रै फाइदा हुनेछ। चिताएको काम बन्नाले प्रसन्नता मिल्नेछ। काममा अवरोध आउन सक्छ। सन्तान वा अनुयायी र मातृशक्तिको सल्लाह, सहयोगले फाइदा हुनेछ ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ) :– कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ। परिवारजनको साथले उत्साह जगाउनेछ। कामका सहयोगीहरू पछि हट्नेछन् भने प्रतिस्पर्धीहरूले सताउन सक्छन्। आफ्ना योजनाहरू गोप्य राख्नुहोला। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला।
कन्या, ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) :– अवसरका लागि जोखिमपूर्ण काममा जुट्नुपर्ने परिस्थिति आउन सक्छ। जिम्मेवारी प्राप्त भए पनि तत्काल फाइदा उठाउन नसकिएला। खानपानको असावधानीले स्वास्थ्य कमजोर बन्ला। पढाइलेखाइमा समय दिन नसकिएला। व्यावसायिक काममा पनि त्यत्ति फाइदा नहोला।
तुला, (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) :– मेहनतको फल प्राप्त हुनेछ। परिवारजनका आवश्यकता पूरा हुनेछन्। दिगो फाइदा हुने काममा लगानी गर्ने मौका प्राप्त हुनेछ। शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुस्ख पाइनेछ। स्थायी सम्पत्तिमा पनि विवाद आउन सक्छ। बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ।
वृश्चिक, ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ) :– विभिन्न सहयोग तथा उपहार प्राप्त हुने समय छ। आयआर्जन पनि राम्रै हुनेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। अरूको मात्र भर पर्नाले आफ्नो महत्वाकांक्षा पूरा नहुन सक्छ। शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ।
धनु, ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) :– प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। रमाइलो यात्रा गर्ने अवसर जुट्न सकछ । लगनशीलताले प्रतिष्ठित काम गर्ने मौका दिलाउनेछ। बोलीको भरमा महत्वपूर्ण काम सम्पादन हुनेछ।
मकर, ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) :– छर–छिमेकमा असमझदारी बढ्ने समय भएकाले होसियारीसाथ काम लिनुहोला। अर्थअभाव खट्किनाले बनिसकेको काम दोहोर्याउनुपर्ने हुन सक्छ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ।
कुम्भ, (गु, गे, गो, सा, सि, सु, से, सो, दा) :– कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ। अरूको विश्वास जिते पनि आफ्नाले धोका दिन सक्छन्। समयमा हिम्मत गर्न नसक्दा पछि परिनेछ। पुरानो समस्या दोहोरिनाले अलि अप्ठ्यारोमा परिएला।
मीन, ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) :– समयमा सजग नबन्दा शुभचिन्तकहरू समेत टाढा हुन सक्छन्। तथापि मेहनत गर्दा बिस्तारै कर्मफल प्राप्त हुनेछ। काम बिग्रने डरले सताइरहनेछ। प्रयत्न गर्दा पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन मंगलमय रहोस्