शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

आज २०८१ माघ २६ गते शनिबारको राशिफल

शनिवार , माघ २६, २०८१

आज विक्रम संवत २०८१ साल माघ २६ गते, शनिबार । ईश्वी सन् २०२५ फेव्रुवरी ८ तारिख । नेपाल संवत् ११४५ । कालयुक्तनाम संवत्सर । उत्तरायणं । शिशिर ऋतु । श्रीशाके १९४६ । माघ शुक्लपक्ष । तिथि–एकादशी, ३६ घडी १६ पला, बेलुकी ९ बजेर १९ मिनेट उप्रान्त द्धादशी । नक्षत्र–मृगशिरा, ३१ घडी ३१ पला, बेलुकी ७ बजेर २५ मिनेट उप्रान्त आद्र्रा । योग– वैधृती, २२ घडी २ पला, दिउँसो ३ बजेर २७ मिनेट उप्रान्त विष्कुम्भ । करण–वणिज, बिहान १० बजेर ४ मिनेट उप्रान्त भद्रा, बेलुकी ९ बजेर १९ मिनेट उप्रान्त बव । आनन्दादिमा–वज्र योग । चन्द्रराशि–बृष, बिहान ७ बजेर ५१ मिनेट उप्रान्त मिथुन । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ४९ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर ४८ मिनेट । दिनमान २७ घडी २७ पला । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ८ बजेर ९ मिनेट देखि ९ बजेर ३२ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । आज भीमा एकादशी व्रत रहेको छ । मेष, ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) :– परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ । साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ । भाग्यले नसोचेको फाइदा दिलाउन सक्छ । चुनौतीहरू स्वतः हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउनेछन् । वृष, ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) :– प्रयत्न गरेको काम छोटै समयमा पूरा हुनाले समय फुर्स्दिलो रहनेछ । इच्छाशक्ति बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ । स्वास्थ्य प्रतिकूल रहे पनि हिम्मतले काम लिन सकिनेछ । परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराउन सक्छ । मिथुन, ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) :– पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ । परिवारमा आमाको माध्यमबाट काम बन्न सक्छ । केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ । तापनि समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ । कर्कट, ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ) :– मेहनत गर्दा राम्रै प्रतिफल प्राप्त हुने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । विभिन्न भौतिक साधन जुट्नेछन् । आतिथ्यपूर्ण सम्मान पाइएला । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ) :– उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । टाढाको यात्राको पनि योग रहेको छ । उत्साहपूर्ण रहला । सुखद समाचार सुन्न पाइनेछ। स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । कन्या, ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) :– गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिए पनि प्रशस्त धन आर्जन हुने समय छ । व्यावसायिक यात्रा सम्भावना छ । दाम्पत्य जीवन रमाइलो रहनेछ। आम्दानी प्रशस्तै बढ्नेछ । तुला, (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) :– बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ । नजिकका साथीभाइ टाढिन सक्छन् । महत्वाकांक्षी योजना गोप्य राख्नुहोला । प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ। नयाँ ज्ञान सिक्ने मौका छ । व्यापार–व्यवसायमा विशेष लाभ लिने समय छ । वृश्चिक, ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ) :– मनमा डर लागे पनि विभिन्न अवसरले पछ्याउनेछन् । बोलीको प्रभाव पनि बढ्नेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । आस मारेको कामले उत्साह जगाउनेछ । तत्काल लाभ नभए पनि विभिन्न सकारात्मक संकेतहरू प्राप्त हुनेछन् । धनु, ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) :– कार्यसम्पादन गर्ने क्षमता बढ्नेछ । तापनि, केही अवसर फुत्कन सक्छन, सचेत रहनुहोला । प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिनेछ । गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला । धेरैको मन लोभ्याउन सकिनेछ । मकर, ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) :– स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । परिवारजनसँग आत्मीयता बढ्नेछ । प्रेम र मित्रताको बन्धन कसिएर जाला । आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन् । गल्तीबिनै आरोप लाग्न सक्छ । सरकारी कडिकडाउको सिकार भइनेछ । कुम्भ, (गु, गे, गो, सा, सि, सु, से, सो, दा) :–अरूको फाइदाका लागि उपयोग भइनेछ भने परिस्थिति आफ्ना लागि अलि प्रतिकूल रहने देखिन्छ। काम बिग्रने डरले सताइरहनेछ । थिचोमिचो गर्नेहरूले सताउनेछन् । चोरी वा ठगीमा परिने समय छ। आर्थिक कारोबार गर्दा निकै नै सजगता अपनाउनुहोला। मीन, ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) :– दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने समय छ। तार्किक क्षमता बढ्नेछ। विशेष सभा–समारोहमा भाग लिने मौका प्राप्त हुनेछ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । विभिन्न अवसर जुटे पनि अरूलाई वचन दिने बानीले दुःख पाइनेछ ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन मंगलमय रहोस्

प्रतिक्रिया