शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सिन्धुलीमा निलगाईको मृत्यु

बुधवार , माघ २३, २०८१

सिन्धुलीमा निलगाईको मृत्यु भएको छ । जिल्लाको कमलामाई नगरपालिका १४ चन्दनपुर स्थित मदन भण्डारी राजमार्गमा हायसको ठक्करबाट निलगाईको मृत्यु भएको हो । गुडिरहेको गाडिमा अचानक निलगाई ठोकिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरिक्षक गोबिन्दराज काफ्लेले बताउनुभयो । उहाँका अनुसार गाडिमा ठोकिएको निलगाई पुन जंगल तर्फ गएको हायस चालकको जानकारी अनुसार प्रहरी तत्काल घटनास्थलमा खटि खोजतलास गर्दा घटनास्थलबाट ७ सय मिटर पर जंगलमा मृत अवस्थामा निलगाई फेला परेको हो । धरानबाट काठमाण्डौ तर्फ जादै गरेको बा ५ ख ५९८१ नं. को हायसले निलगाईलाई ठक्कर दिएको थियो । घटनाबारे रानिवास शव–डिभिजन वन कार्यालय सिन्धुलीसंग समन्वय गरि कानुनी प्रक्रिया पुरा गरेको प्रहरी उपरिक्षक काफ्लेले जानकारी दिनुभयो । उहाँका अनुसार मृत निलगाई, हायससहित चालकलाई रानिवास सव–डिभिजन वन कार्यालय, भिमान मार्फत सिन्धुली डिभिजन वन कार्यालय, सिन्धुलीमाढीमा आवश्यक कार्वाहीको लागी पठाईएको छ ।

 

प्रतिक्रिया