शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

गौमती माविको बार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न

सोमवार , माघ २१, २०८१

सिन्धुली – गौमती माध्यमिक विद्यालयको ५८ औ बार्षिक उत्सव तथा अभिभावक आइतवार दिवस सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमलामाई नगरपालिका ७ का वडा अध्यक्ष कर्ण घिसिङको अध्यक्षता तथा कमलामाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र कुमार पोखरेलको प्रमख आतिथ्यतामा भएको कार्यक्रम विद्यालयको प्राङगणमा सम्पन्न भएको हो ।

कार्यक्रममा आफ्ने मन्तब्य राख्दै नगरप्रमुख पोखरेलले शिक्षक, विद्यार्थी र अभिभावकबिचको सम्बन्ध सुमधुर भएमात्र शिक्षामा अपेक्षित सुधार हाँसिल गर्न सकिने बताउँनुभयो । बालबालिकाको पहिलो पाठशाला घर नै भएकाले आफ्नो नानीबाबुहरुको शैक्षिक उपलब्धिबारे सधैँ चिन्ता र चासोको रुपमा अभिभावकले लिनुपर्ने उहाँको भनाई छ ।

उहाँले धेरै विद्यार्थी भएका विद्यालय तथा टाढा टाढा बाट विद्यालय आउँने विद्यार्थीहरुलाई मध्यनजर गर्दै आवतजावतमा सहजताका लागी अवको आर्थिक बर्षबाट सिन्धुलीका तीनवटा विद्यालयलाई बस हस्तान्तरण गरिने बताउँनुभयो ।

उहाँले शिक्षक अनुशासित भएमात्र विद्यार्थी अनुशासित हुने बताउँदै उहाँले गुणस्तरीय शिक्षा प्रदानका लागी विद्यालयका शिक्षकहरुलाई आग्रह पनि गर्नुभयो । उहाँले विद्यार्थीहरुलाई विद्यालयमा किताबी ज्ञान सँगसँगै सिर्जनशील र व्यावहारिक कुराहरु सिकाउनु पर्ने कुरामा जोड दिनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अध्यक्ष कर्ण घिसिङ्ले गौमती माविले आफ्नो ५८ वर्षे इतिहासमा शैक्षिक गुणस्तरलाई उच्च बनाएर समुदायमा महत्तत्पूर्ण योगदान दिएको बताउनुभयो । यस कार्यक्रमले विद्यालयको गौरवशाली विरासतलाई अगाडि बढाउने प्रेरणा दिने अपेक्षा गरिएका घिसिङ्ले बताउनुभयो । घिसिङले शिक्षक अनुशासित भएमात्र विद्यार्थी अनुशासित हुने बताउँदै गुणस्तरीय शिक्षा प्रदानका लागी विद्यालयका शिक्षकहरुलाई आग्रह गर्नुभयो । अब, गौमतीले किताबी ज्ञान सँगसँगै सिर्जनशील र व्यावहारिक कुराहरु सिकाउनु पर्ने कुरामा जोड दिनुभयो । साथै, अवको शिक्षा जीवनोपयोगी शिक्षा हुनुपर्ने घिसिङले जिकिर गर्नुभयो ।

कार्यक्रममा विद्यालयको बार्षिक प्रतिवेदन विद्यालयका प्रधानाध्यापक दिपक कुमार बुढाथोकीले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा कक्षागत प्रथम, दितीय, तृतिय हुने तथा खेलकुदमा उत्कृष्ठ हुने विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो भने उत्कृष्ठ शिक्षकलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा विद्यार्थीहरूले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो भने उत्कृष्ठ शिक्षकलाई पनि सम्मान गरिएको थियो । यसैगरी, अभिभावकहरूले पनि विद्यालयको विकासमा आफ्नो सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया