सिन्धुली – सिन्धुली प्रहरीले लागुऔषध खैरो हिरोईन सहित एक जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले उदयपुरको त्रियुगाा नगरपालिका ३ का २९ बर्षिय हेमकान्त चौधरीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
बिराटनगर बाट काठमाडौँ तर्फ जादै गरेको बा ५ ख ५९८८ नंं. को हायस गाडीलाई ईलाका प्रहरी कार्यालय भिमानमा आइतवार दिउसो १२ :२० बजे रोकि चेकजाँच गर्ने क्रममा चौधरीले लगाएको सर्टको खल्तीमा लुकाई छिपाई राखीएको लागु औषध खैरो हिरोइन जस्तो देखिने पदार्थ ४.२ ग्राम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रबक्ता तथा सूचना अधिकारी प्रहरी निरिक्षक सुनिल प्रसाद चौरसिया जानकारी दिनुभयो ।
चौधरीलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा राखिएकोचौरसियाले बताउनुभयो ।