शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

सिन्धुलीका अधिकासं युवा बैदेशिक रोजगारीमा 

आइतवार , माघ २०, २०८१

सिन्धुली – सिन्धुलीबाट बैदेशिक रोजगारीका लागि विदेश जाने युवा बढेका छन् । जिल्लाका ग्रामिण क्षेत्रका युवा रोजगारीको खोजिमा कतार, साउदी, जापान लगाएतका देशमा गएका हुन् ।

जिल्लामा रोजगारीको कुनै अवसर नपाएकाले विदेश जान बाध्य भएको जापान जाने तयारीमा रहनुभएको कमलामाई नगरपालिका ४ का शिबहरी कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, “आफ्नै ठाउँमा रोजगारी पाए विदेश जाने थिइन । यहि बसेर काम गर्ने इच्छा थियो । परिवारबाट टाडा बसेर अरुको देशमा दुःख गर्न जाने रहर कस्लाई हुन्छ र ? यो सबैको बाध्यता हो । मेरो पनि बाध्यता छ । यहि केहि गरौँ भने लगानीको लागि पैसा छैन । रोजगारीका लागि नेताको पछि लाग्नु पर्छ ।” गाउँमै केहि गर्ने सोच अनुसार उहाँले दुइ बर्ष अगाडि व्यवसायीक रुपमा तरकारी खेति समेत गर्नुभएको थियो । भने अनुसारको आम्दानी नभएपछि उहाँले उक्त व्यवसाय छोड्नु भयो । उहाँ भन्नुहुन्छ, “गाउँमै व्यवसाय समेत संचालन गरेको थिए । स्थानीय तह कुनै पनि सरकारी निकायले सहयोग समेत गरेनन् । अनुदान लिनका लागि पटकपटक आवेद दिदा समेत पाइन । व्यवसायमा भने अनुसारको नाफा समेत नभपछि विदेश जाने निर्णय गरेको हुँ ।”

कार्की जस्तै कमलामाई नगरपालिका ८ का सन्तोष नेपाली पनि कोरिया जाने तयारीमा हुनुहुन्छ । रोजगारीको सिलसिलामै कोरिया जाने उहाँले बताउनुभयो । उहाँ भन्नुहुन्छ, “गाउँमै रोजगारी पाए हुन्थ्यो । बैदेशिक रोजगारीमा जानुपर्ने हाम्रो बाध्यता हो । यहाँ सोर्सफोर्समा रोजगारी पाइन्छ । पावर हुनेले मात्रै सरकारी अनुदान पाउँछन् । हामी यहाँ बसेर केहि गर्न नसक्ने भएपछि विदेश जाने सोच बनाएका हौँ ।”

तिनपाटन गाउँपालिका ११ का ममता कुमारी पौडेलको श्रीमान बैदेशिक रोजगारीमा कतार गएको झण्डै एक दशक वित्तिसक्यो । भने अनुसारको रोजगारी नपाएपछि श्रीमान विदेश जान बाध्य भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “यहि रोजगारी पाएको भने मेरो श्रीमान पनि विदेश जानुहुन्न थियो । यहाँ केहि काम पाइदैन । काम अनुसारको पारिश्रमिक समेत पाइदैन । परिवार धान्न धौधौँ भएपछि उहाँ विदेश जानुभएको हो ।”

बढ्दो बेरोजगारी र घरमै परिश्रम गर्न हिच्किचाउदा सिन्धुलीबाट दैनिक दर्जनौ युवाहरु विदेशिरहेका छन् । धेरैजसो गाउँ युवाविहीन भएका छन् । बुढाबुढी, केटाकेटी र महिलामात्र गाउँमा देखिन्छन् । जिल्ला प्रशासन कार्यालयमा दैनिक राहदानी बनाउन फारम भर्ने युवाहरुको भिड हुन्छ । छिट्टै राहदानी चाहिनेहरु काठमाडौं पुगे पनि धेरैजसोले जिल्लाबाटै राहदानी बनाउने गरेका छन् । विदेश जाने अधिकांश १८ देखि माथी ४० बर्षसम्मका युवाहरु छन् । योग्यता अनुसारको जागिर, तलब नपाउदा र घरमै व्यवसाय सञ्चालन गर्न लजाउदा युवाहरु बिदेशिने क्रम बढेको हो । घरको सम्पत्ति बेचेर र ऋण गरेर बिदेश जाने युवाहरु धेरै छन् ।

“पढाई अनुसारको जागिर पाईंदैन गाउँघरमा समय खेर फालेर बस्नु भन्दा खाडी मुलुक गएर भए पनि केही पैसा कमाउने ईच्छा छ,” विदेश जाने तयारीमा कमलामाई ५ का राम कार्कीले बताउनुभयो ।

प्रतिक्रिया