शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

यस्तो छ आज शनिवारका लागि विदेशी मुद्राको मूल्य

शुक्रवार , माघ १८, २०८१

काठमाडौं,१९ माघ– नेपाल राष्ट्र बैंकले आज शनिवारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३८ रूपैयाँ २८ पैसा र बिक्रीदर १३८ रूपैयाँ ८८ पैसा कायम भएको छ । बिहीबारको तुलनामा डलरको भाउ वृद्धि भएको छ ।

युरोपियन युरो एकको खरिदर १४४ रूपैयाँ ४८ पैसा र बिक्रीदर १४४ रूपैयाँ १० पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १७१ रूपैयाँ ६० पैसा र बिक्रीदर १७२ रूपैयाँ ३४ पैसा, स्वीस फ्र्यांक एकको खरिदर १५२ रूपैयाँ ८२ पैसा र बिक्रीदर १५२ रूपैयाँ ४८ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिदर ८५ रूपैयाँ ८९ पैसा र बिक्रीदर ८६ रूपैयाँ २६ पैसा, क्यानेडियन डलर एकको खरिदर ९५ रूपैयाँ ४१ पैसा र बिक्रीदर ९५ रूपैयाँ ८२ पैसा, सिंगापुर डलर एकको खरिदर १०१ रूपैयाँ ८९ पैसा र बिक्रीदर १०२ रूपैयाँ ३३ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिदर आठ रूपैयाँ ९४ पैसा र बिक्रीदर आठ रूपैयाँ ९८ पैसा, चिनियाँ युआन एकको खरिदर १९ रूपैयाँ ०७ पैसा र बिक्रीदर १९ रूपैयाँ १५ पैसा, साउदी अरेबियन रियाल एकको खरिदर ३६ रूपैयाँ ८७ पैसा र बिक्रीदर ३७ रूपैयाँ ०३ पैसा, कतारी रियाल एकको खरिदर ३७ रूपैयाँ ९३ पैसा र बिक्रीदर ३८ रूपैयाँ ०९ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिदर चार रूपैयाँ ११ पैसा र बिक्रीदर चार रूपैयाँ १३ पैसा, युएई दिराम एकको खरिदर ३७ रूपैयाँ ६५ पैसा र बिक्रीदर ३७ रूपैयाँ ८१ पैसा, मलेसियन रिंगेट एकको खरिदर ३१ रूपैयाँ ०४ पैसा र बिक्रीदरट ३१ रूपैयाँ १७ पैसा, साउथ कोरियन वन १०० को खरिदार नौ रूपैयाँ ५३ पैसा र बिक्रीदर नौ रूपैयाँ ५७ पैसा, स्वीडिस क्रोनर एकको खरिदर १२ रूपैयाँ ५० पैसा र बिक्रीदर १२ रूपैयाँ ५५ पैसा र डेनिस क्रोनर एकको खरिदर १९ रूपैयाँ २३ पैसा र बिक्री दर १९ रूपैयाँ ३१ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिदर १७ रूपैयाँ ७४ पैसा र बिक्रीदर १७ रूपैयाँ ८२ पैसा, कुवेती दिनार एकको खरिदर ४४८ रूपैयाँ १९ पैसा र बिक्रीदर ४५० रूपैयाँ १३ पैसा, बहराइन दिनार एकको खरिदर ३६६ रूपैयाँ ८१ पैसा र बिक्रीदर ३६८ रूपैयाँ ४० पैसा, ओमनी रियाल एकको खरिदर ३५९ रूयैयाँ १७ पैसा र बिक्रीदर ३६० रूपैयाँ ७३ पैसा तथा भारतीय रूपैयाँ १०० को खरिदर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

 

प्रतिक्रिया