शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

बढ्यो सुन र चाँदीको मूल्य

शुक्रवार , माघ १८, २०८१

काठमाडौँ , १८ माघ नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । सुनसँगै चाँदीको मूल्य पनि बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्य सूचीअनुसार माघ १८ गते शुक्रबार सुनको मूल्य तोलामा बढेर १ लाख ६२ हजार ८ सय पुगेको छ । बिहीबार यसको मूल्य १ लाख ६० हजार ५ सय रुपैयाँ रहेको थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि प्रति तोला १ हजार ९१५ रुपैयाँ पुगेको छ । बिहीबार यो मूल्य १ हजार ८८५ रुपैयाँ रहेको थियो ।

 

प्रतिक्रिया