सिन्धुली – सिन्धुलीको कमलामाई नगरपालिकाले तामाङ समुदायको पर्व सोनाम ल्होसारको अवसरमा दुई दिन सार्वजनिक बिदा दिने भएको छ ।
नगरपालिकाले सोमवार एक सूचना जारी गर्दै गर्दै सोनाम ल्होसार पर्वको अवसरमा यही माघ १७ र १८ गते पालिकाभर सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको छ ।
जारी सूचनामा मञ्जुश्री सम्वत् २८६१ डुल लो–सर्व वर्ष ल्हो सोनाम ल्होसारको अवसरमा नगर कार्यपालिका कार्यालय, अन्तरगतका कार्यालय शिक्षण संस्था दुई दिन बिदा दिने उल्लेख छ । यसैगरी सुनकोशी गाउँपालिकाले पनि माघ १७ र १८ गते सार्वजनिक बिदा दिने भएको छ ।