शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

यस्तो छ आज सोमवारको मौसम पूर्वानुमान

सोमवार , माघ १४, २०८१

काठमाडौँ, १४ माघ– हाल देशमा पश्चिमी वायूको सामान्य प्रभाव रहेको छ । हाल कोशी, बागमती ,गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भु-भागमा आंशिक बदलीको अवस्था रहेको छ भने बाँकी भु-भाग मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनएको छ ।

आज हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ । त्यस्तै तराई क्षेत्रमा मुख्यतया मौसम सफा रहने सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।

आगामी २४ घण्टा तराईका धेरै स्थानहरू बिहानीपख हुस्सु/कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, शिक्षा, स्वास्थ्य,यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया