शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

निजामती कर्मचारी युनियन सिन्धुलीको अध्यक्षमा पोखरेल

आइतवार , माघ १३, २०८१

सिन्धुली, १३ माघ – नेपाल निजामती कर्मचारी युनियनको अध्यक्षमा दिनेश कुमार पोखरेल निर्वाचित हुनु भएको छ शनिवार सिन्धुलीमाढीमा भएको ९ औँ जिल्ला अधिवेशनले पोखरेको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

कार्यसमिति उपाध्यक्ष खुला युवराज खड्का, उपाध्यक्ष महिला रिता खड्का, समावेशी उपाध्यक्ष रत्न तामाङ, सचिव दीपकराज अधिकारी, सहसचिव नवराज गौतम र कोषाध्यक्ष जगदीश विक्रम कार्की निर्वाचित हुनुभएको छ् ।

त्यसैगरी केन्द्रीय प्रतिनिधिमा राजकुमार महतरा, कल्पना अधिकारी, भरत जंग थापा, जयन्त कार्की र सूर्यप्रसाद घिमिरेलाई निर्वाचित गरेको छ भने प्रदेश प्रतिनिधिमा होमराज घिमिरे, कुमार थापा, हेरम्बराज अधिकारी, समीर पौडेल र सावित्री थपलिया हनुभएको छ ।

प्रतिक्रिया