सिन्धुली, १३ माघ – नेपाल निजामती कर्मचारी संगठन सिन्धुलीकोे अध्यक्षमा डिल्ली सौगात घिमिरे निर्वाचित हुनुभएको छ । नेकपा (एमाले) निकट कर्मचारी संगठनको सिन्धुली सदरमुकाम सिन्धुलीमाढीमा शनिवार सम्पन्न १२ औँ अधिवेशनले सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गरेको हो ।
संगठनको खुल्ला उपाध्यक्षमा वेदराज काफ्ले र महिला उपाध्यक्षमा कोपीला अस्थानी मगर, सचिवमा सरोज फुयाँल, सहसचिवमा जीतबहादुर खबी र कोषाध्यक्षमा चन्द्रबहादुर मगर सर्वसम्मत चयन हुनुभएको छ । यसैगरी संगठनको सदस्यमा राजेश फुयाँल, अनिता मगर, सुमित्रा चौहान, ज्ञान बहादुर मगर, हरि कुमार श्रेष्ठ, भुवन ठाडामगर, भीम श्रेष्ठ, राजु शाह, ईन्द्र दुलाल, क्षितिज अधिकारी, मीन प्रसाद प्याकुरेल, भीम बहादुर थापा रहनुभएको छ ।
अधिवेशनले केन्द्रीय प्रतिनिधिमा पदम बहादुर मगर र बविन्द्रलाल माझीलाई चयन गरेको छ । त्यसैगरी लेखा परीक्षण आयोगको संयोजकमा बीर बहादुर सुनुवार निर्वाचित भएका छन् भने सदस्यमा सन्तोष बराल रहेका छन् ।
संगठनका निवर्तमान अध्यक्ष पदम बहादुर मगरको अध्यक्षतामा भएको १२औं अधिवेशनको उदघाटन सत्रमा नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय सचिव सूर्य कुँवरको प्रमुख आतिथ्यता रहेको थियो ।
नयाँ गठन भएको कार्यसमितिले संगठनको हक, अधिकार र सुधारका लागि तथा निजामती कर्मचारीको हित संरक्षण र संस्थागत विकासका लागि सक्रियताका साथ काम गर्ने प्रतिवद्धता जनाएको छ ।