काठमाडौँ,१३ माघ – हाल देशमा पश्चिमी वायूको सामान्य प्रभाव रहेको छ । हाल गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका धेरै स्थानहरूमा हुस्सु लागेको छ ।
आज हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ भने तराई क्षेत्रमा मुख्यतया मौसम सफा रहने सम्भावना रहेको छ ।
आगामी २४ घण्टा बिहानको समयमा देशका तराई तथा उपत्यकाका धेरै स्थानहरूमा हुस्सु÷कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य,यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ ।