शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

सिन्धुलीमा शौचालयबाट बिदेशी भागेपछि...

बुधवार , माघ ९, २०८१

सिन्धुली – सिन्धुलीमा शौचालयबाट भागेका विदेशी खेलाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाको गोलन्जोर गाउँपालिका ७ खुर्कोटमा शौचालय जाने बहाना गरेर नाइजेरियन फुटबल खेलाडि ओडेह ओलुवासोगो ग्लोरी भागेका हुन् । मंगलबार विहान ६ बजे भागेका ग्लोरीलाई प्रहरीले ८ घण्टा पछि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

जंगलमा लुकिछिपि बसि तल्लो बाराबाट काठमाडौँबाट सर्लाही जाने इभि गाडिमा ग्लोरी चडेका थिए । जिल्लाको सम्पूर्ण नाका साथै चेकपोष्टहरुलाई चेकजाँच कडाइ गरेको थियो । प्रहरी चेकपोष्ट गढीमा ग्लोरीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरिक्षक गोबिन्द राज काफ्लेले बताउनुभयो ।

अध्यागमन विभागको निर्देशनमा वलुवासोगो ग्लोरी ओडे नाम गरेका नाइजेरियन नागरिकलाई प्रहरीले भोजपुरको पौवादुम्मा गाउँपालिका–३ बाट प्रहरीले सोमबार साँझ पक्राउ गरेको थियो । फुटबल खेलमा सहभागी भएको अवस्थामा फेला पारी पक्राउ परेका ती व्यक्ति को १ झ ६१६ नम्बरको गाडीमा राखेर अध्यागमन विभाग, मुद्दा शाखा कालिकास्थान काठमाडौंका लागि लांदै गरेको अवस्थामा फरार भएका हुन् ।

प्रहरीका अनुसार उनी खुर्कोटबाट शौचालय गराउने क्रममा हाम फालेर फरार भएको प्रहरीले जनाएको छ । ग्लोरीलाई माघ ७ गते भोजपुर जिल्लामा आयोजना भएको फुटबल खेलमा सहभागिताको क्रममा पक्राउ गरिएको थियो । ग्लोरीको भिसा अवधि समाप्त भइसकेकोले अध्यागमन नियम उल्लंघनको आरोपमा पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । प्रहरी टोलीले ग्लोरीलाई काठमाण्डौस्थित अध्यागमन विभागको मुद्धा शाखामा बुझाउन को १ झ ६१६ नम्बरको सवारी साधनमार्फत लग्दै थियो ।

प्रतिक्रिया