शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

सिन्धुली कारागारमा मान्छे मार्नेदेखि अप्राकृतिक मैथुनमा संलग्न कैदीबन्दी

सोमवार , माघ ७, २०८१

सिन्धुली – जिल्ला कारागार सिन्धुलीमा कैदी भन्दा थुनुवा बढी रहेको तथ्यांकले देखाएको छ । सिन्धुली कारागारका निमित्त कारागार प्रशासक मातृका प्रसाद पहाडीका अनुसार जिल्ला कारागारमा छ सय २४ जना कैदिबन्दी रहेकोमा ५५ प्रतिशत थुनुवा छन् । पहाडीले भन्नुभयो, “अदालतले दोषि ठहर गरिसकेको विभिन्न जिल्लाका दुई सय ७८ जना कैदी सिन्धुली कारागारमा छन् भने दोेषी ठहर नभइसकेका तर अनुसन्धानकालागि तीन सय ४५ जना थुनुवालाई राखिएको छ ।”

सिन्धुली कारागारमा पुरुष मध्ये २४१ जना कैदी छन् भने २९७ जना थुनुवा छन् । त्यस्तै, २६ जना महिला कैदी छन् भने ३२ जना महिला थुनुवा रहेको तथ्यांकले देखाएको छ । जिल्ला कारागार सिन्धुलीमा कैद भुक्तान गरिरहेका कैदिबन्दी मध्ये झण्डै आधा संख्या जबरजस्ती करणी र लागुऔषध मुद्दा आरोपमा कैद भुक्तान गरिरहेकाहरु छन् । महिला पुरुष गरी ६२४ जना कैदिबन्दी रहेको कारागारमा जबरजस्ति करणी र लागुऔषध मुद्दाका २८६ जना कैदिबन्दी थुनामा छन् । यसमा जबरजस्ती करणि मुद्दाका १०३, जबरजस्ती करणि उद्योग मुद्दाका २७, हाडनाता करण्ीमा चार, जबरजस्ती करणी गरि कर्तव्य ज्यानमा छ जना र लागुऔषध मुद्धाका ११९ कैदिबन्दी रहेको जेलर पहाडीले बताउनुभयो । जबरजस्ति करण्ीा र लागुऔषध मुद्धा पछि सबैभन्दा बढि कर्तव्य ज्यान मुद्धाका कैदिबन्दी सिन्धुली कारागारमा रहेको पहाडीले जानकारी दिनुभयो । हाल ८६ जना कैदिबन्दी कर्तव्य ज्यान मुद्धामा कैद भुक्तान गरिरहेका छन् । त्यसैगरि, सवारी ज्यान मुद्धामा ४४ जना, चोरी मुद्धामा २८ जना, डाँका मुद्धामा १९ जना, नकबजनी चोरीमा १७ जना, ज्यान मार्ने उद्योगमा १२ जना, नागरिकता तथा सरकारी कागज किर्तेमा ६ जना, हुन्डी कारोबारमा ३ जना, ठगिमा ९ जना र बहुविवाह तथा बालविवाहमा ७ जना थुनामा रहेका छन् ।

त्यस्तै, सिन्धुली कारागारको तथ्यांक अनुसार अपहरण तथा शरिरबन्धकमा १४ जना, अभद्र व्यवहारमा २८ जना, मानवबेचविखन तथा ओसारपसारमा ११ जना, हातहतियारमा चार जना, बम विस्फोट गराएको आरोपमा एकजना, बोक्सी आरोप लगाएकोमा पाँच जना, बाल यौन दुव्र्यवहारमा एकजना, आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा एकजना, बैकिंग कसुरमा ९ जना, अप्राकृतिक मैथुनमा दुई जना, अंगभंग कसुरमा एकजना, हिरासत कक्ष फोडी थुनुवा भागेको आरोपमा पाँच जना, राष्ट्रसेवक काममा बाधा अवरोध आरोपमा एकजना, गर्भपतनमा दुई जना, भन्सार छलीमा एक र ज्यान सम्बन्धि कसुरमा एकजना र बिगो लेनदेदनमा १२ जना छन् ।

जिल्ला कारागार सिन्धुलीमा २५ जना विदेशी कैदीबन्दी रहेको जेलर पहाडीले बताउनुभयो । जसअन्तर्गत अधिकांश भारतीय नागरिक रहेका छन् । अदालतले दोषी ठहर गरेका कैदी र मुद्दाको फैसला हुन बाँकी भएका तर न्यायिक हिरासतमा राखिएका विदेशी बन्दीहरू लागुऔषधि तस्करी, अभद्र व्यवहार, कर्तव्य ज्यान, चोरी, जबरजस्ती करणी, डाँका, बैकिंग कसुर, मानव बेचविखन तथा ओसारपसार, हातहतियार खरखजना र सवारी अंगभंगमा पक्राउ परेका हुन् । एक सय २७ जना कैदीबन्दी अट्ने क्षमता रहेपनि हाल सिन्धुली कारागारमा क्षमताभन्दा चारगुणा बढी कैदिबन्दी छन् ।

प्रतिक्रिया