बि.सं.२०८१ माघ ७ गते सोमबार ई.सं.२०२५ जनवरी २० नेपाल सम्बत ११४५ पोहेलागा षष्ठी, कालयुक्त नाम संवत्सर सूर्य उत्तरायनं, हेमन्त ऋतु, माघकृष्ण षष्ठी, चन्द्रमा कन्या राशिमा, हस्ता नक्षत्र, सुकर्मा योग, वणिज करण । आज नेपालमा सूर्योदय बिहान ०६ः ५४ बजे, सूर्यास्त साँझ ०५ः ३५ बजे हुनेछ । आज जन्म लिने बच्चा कन्या राशीको हुनेछ ।
आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा शरीर ऐना हेरेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ६ बजेर ५४ मिनेट देखि ८ बजेर १४ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।
मेष,(चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । आफ्नै प्रयासले अधिकार स्थापित गर्न सकिनेछ । व्यापारलगायत आर्थिक लाभ हुने काममा फाइदा हुनेछ । प्रयत्न गर्दा सजिलै लक्ष्य प्राप्त हुनेछ । मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम सुरु हुनेछ । प्रतिस्पर्धीहरू किनारा लाग्नेछन् भने द्वन्द्व र मुद्दामा पनि विजयी भइनेछ ।
वृष,(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :– मिहिनेत गर्दा विशेष अवसर प्राप्त हुनेछ । लक्ष्यअनुसार समयमै काम सम्पादन हुनेछ । अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । विद्यामा वृत्ति, सहुलियत वा विशेष अवसर प्राप्त हुनेछ । सहपाठीहरूलाई उछिन्दै पुरस्कार, प्रशंसा आदि प्राप्त गर्न सकिनेछ । व्यापारमा फाइदा हुनेछ । पशुपालन र कृषिमा लाभ मिल्नेछ । सन्तानको साथले उत्साह जगाउनेछ ।
मिथुन,(का, कि, कु, घ, ङ, छ, के, को, ह) :– फाइदा मात्र हेर्दा आलोचित भइनेछ । बेसुरमा लिइएको निर्णयले समस्या निम्त्याउने हुँदा व्यवहारमा सजग रहनुपर्ला । ईष्र्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन् । पुरानो सम्झौता नवीकरण नगर्दा आफ्नो लाभांश गुम्न सक्छ । आफ्नै कमजोरीले पनि काममा पछि परिनेछ । अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सहयोगले लाभ उठाउन सकिनेछ ।
कर्कट,(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :– विभिन्न उपहार प्राप्त हुने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । प्रतिद्वन्द्वीहरूलाई सजिलै हराउन सकिनेछ । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । पुरुषार्थी कामले समाजमा स्थापित बनाउनेछ । चुनौती पन्छाएर पनि नयाँ काममा जग बसाउने मौका छ ।
सिंह,(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :– प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिनेछ । बोली–व्यवहारमा अलि सजग रहनुपर्ला । हातबाट लक्ष्मी बाहिरिने सम्भावना देखिएकाले कर्जा र उधारो व्यापारमा चनाखो रहनुपर्नेछ । नियमित काममा भने साबिकजस्तै फाइदा भइरहनेछ । अरूका विषयमा चासो लिँदा झमेला आइलाग्न सक्छ । विवादास्पद जिम्मेवारी आउनाले सावधानीले मात्र कार्यसिद्धि हुनेछ ।
कन्या,(टो, प, पि, पु, ष, ण, ठ, पे, पो) :– आफन्तसँग भेटघाट हुनाले परिवेश उल्लासमय रहनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन् । तर विरोध जनाउनेहरूसँग सन्तुलित व्यवहार गर्नुहोला । मिहिनेतले कीर्तिमानी कामको यश लिने अवसर प्राप्त हुनेछ । समय फुर्सदिलो देखिए पनि रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ । पारिवारिक जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ ।
तुला,(र, रि, रु, रे, रो, ता, ति, तु, ते) :– अप्ठ्यारो काम थाल्नाले दिनभरि दौडधुप गर्नुपर्ला । कामले खर्च बढाउन सक्छ । सञ्चित रकम अरूलाई सरसापट दिनुपर्ने हुन सक्छ । अर्थअभावले सताउने समय छ । टाढाका साथीभाइसँग सम्पर्क भने बढ्नेछ । परिवारजनबाट टाढिनुपर्ला । अरूलाई समय दिँदा आफू पछि परिनेछ । करकापमा परी कुनै काम वा विशेष निर्णय गर्नुपर्ने परिस्थिति आउन सक्छ ।
वृश्चिक,(तो, ना, नि, नु, ने, नो, या, यि, यु) :– प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ । आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ । चल–अचल धनको उपयोगबाट मनग्य फाइदा उठाउन सकिनेछ । पछिसम्म फाइदा हुने कामको जग बसाउने अवसर प्राप्त हुनेछ ।
धनु,(ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :– मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ । प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ । विभिन्न अवसरले पछ्याउनेछन् भने कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ । नोकरी तथा पेसा–व्यवसायमा फाइदा हुनेछ । भौतिक साधनहरू संग्रह हुनेछन् । तारिफयोग्य कामले धेरैको मन जित्न सकिनेछ । रुचिका विषयमा लगानी बढाउन पनि सकिनेछ ।
मकर,(भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :– फाइदा सामान्य भए पनि तारिफयोग्य काम थालनी हुनेछ । धर्मकर्म तथा परोपकारमा प्रवृत्त भइएला । चिताएको काम छिटै सम्पादन हुनेछ । सहयोगीहरूले हिम्मत दिलाउनेछन् । व्यापार–व्यवसाय विस्तार गर्ने समय छ । आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ । सामाजिक दायित्व बढ्नेछ । दिगो कामको जग बसाउनुका साथै दाम र प्रतिष्ठा कमाउने बेला छ ।
कुम्भ,(गु, गे, गो, सा, सि, सु, से, सो, द) :– स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल प्राप्त नहोला । काम बिग्रने भयले सताउनेछ । न्यून उपलब्धिमै चित्त बुझाउनुपर्ला । स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला । पहिलेका समस्या दोहोरिन सक्छन् । सानातिना घरेलु कामले अल्झाउन सक्छ । आलोचकहरू बढ्नेछन् भने वादविवादले समस्या निम्त्याउन सक्छ । लेनदेनमा विवाद हुन सक्छ ।
मीन,(दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :– प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ । घुमफिर तथा मनोरञ्जनको समय छ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । भौतिक साधन जुट्नाले आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुन सक्छ । पेसा–व्यवसायमा लाभ हुनेछ । भौतिक साधन जुट्नेछन् । आम्दानी बढ्ने काम प्रारम्भ हुनेछ । दिगो काम थाल्न सकिनेछ ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन मंगलमय रहोस्