शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

बिपी राजमार्गमा कष्टपूर्ण यात्रा गर्नुपर्ने बाध्यता

आइतवार , माघ ६, २०८१

सिन्धुली – गत असोज दोश्रो साता आएको बाढीपहिराले क्षेति पु¥याएको बिपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास) को कटुञ्जेबेशी, मंगलटार, नेपालथोक क्षेत्रमा दैनिक यात्रा गर्ने यात्रुहरुले सास्ती भोग्नु परेको छ । रोशीखोलाको बाढीले सो राजमार्गमा क्षेति पुगे पछि निर्माण गरिएको डाइभर्सन सडक कच्ची र धुलाम्मे हुने भएका कारण यात्रुहरुले सास्ती भोग्नु परेको हो ।

क्षतिग्रस्त राजमार्ग कहिले बन्ने सरकारी स्तरको निर्णय र आर्थिक सहायता बिना बन्ने सम्भावना भने कम रहेको छ । त्यति समयसम्म भने कच्ची सडकमा नै यात्रा गर्नु पर्ने देखिन्छ । क्षतिग्रस्त राजमार्ग सरकारको तदारुकता र आर्थिक सहायता बिना बन्ने सम्भावना कम रहेको छ ।

सो राजमार्गको विभिन्न खण्डको पुनर्निर्माणका लागि ९ अर्ब ६६ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । डिभिजन सडक कार्यालय भक्तपुरले बिपी राजमार्गअन्तर्गत भकुण्डेबाट नेपालथोकसम्मको विभिन्न खण्डमा पुनर्निर्माण गर्न सो रकम खर्च हुने अनुमान गरिए पनि पुनर्निर्माणका लागि अझै स्रोत सुनिश्चित भएको छैन ।

बीपी राजमार्गको कालढुंगा चौकी डाँडा खण्डको १२ किलोमिटर सडकमध्ये ८ किलोमिटर खण्डमा पूर्ण रूपमा क्षति पुगेको छ । उक्त सडकमा तीन किसिमका पर्खाल (वाल) लगाउनुपर्ने देखिएको छ । जसमा आरसीसी रिटेनिङ वाल, प्लम वाल, गेभिएन वाल लगाउनुपर्ने अध्ययन टोलीको निष्कर्ष छ ।

क्षतिग्रस्त राजमार्ग सरकारको तदारुकता र आर्थिक सहायता बिना बन्ने सम्भावना कम रहेको छ । सो राजमार्गको विभिन्न खण्डको पुनर्निर्माणका लागि ९ अर्ब ६६ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । डिभिजन सडक कार्यालय भक्तपुरले बिपी राजमार्गअन्तर्गत भकुण्डेबाट नेपालथोकसम्मको विभिन्न खण्डमा पुनर्निर्माण गर्न सो रकम खर्च हुने अनुमान गरिए पनि पुनर्निर्माणका लागि अझै स्रोत सुनिश्चित भएको छैन ।

यो ८ किलोमिटर सबै खोलाले बगाएको छेउको बाटो हो । आरसीसी वाल खोला आउन सक्ने ठाउँमा लगाउनुपर्ने देखिएको छ । कतै प्लम वाल र कतै गेभिएन वाल लगाउनु पर्ने अध्ययन निष्कर्ष छ । अध्ययनले यो खण्डका केही स्थानमा पहिला पुल बनाउनुपर्ने देखाएको थियो । तर पुल बनाउन महँगो पर्ने र पर्खाल लगाउँदा सस्तो पर्ने भक्तपुर सडक डिभिजन कार्यालयका प्रमुख सुमन योगेशले बताउनुभयो ।

“यसैमा आधारित भएर बनाउँदा त नौ अर्ब ६६ करोड लागत लाग्ने देखियो । पुल बनाउँदा त झन् खर्च बढ्छ,” उहाँले भन्नुभयो, “त्यही भएर अहिले वाल लगाउने तयारी भएको हो । माथि आसपाल्ट कंक्रिट र दुई लेनको

सडक हुन्छ ।”

योगेशका अनुसार यसअघि इन्टरमिडियट लेनको सडक थियो । जबरजस्ती दुई लेनमा प्रयोगमा ल्याइएको थियो । तर अब भने दुई लेन सडक निर्माण गर्ने तयारी छ ।

जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३–५४ देखि बिपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास १ सय ६० किमी सडक) निर्माणकार्य सुरु गरिएको थियो । खण्डखण्ड विभाजन गरी २०७२ असार १८ गते निर्माण सम्पन्न गरी औपचारिक रूपमा जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो ।

प्रतिक्रिया