सिन्धुली – सिन्धुलीको सुनकोशी गाउँपालिका वडा नम्बर ६ कानढुंग्री स्थित बिपी राजमार्ग सडक खण्डमा बिहिवार साझ साढे पाँच बजे भएको हायस दुर्घटनामा परि गम्भीर घाइते भएका एक जनाको उपचारको क्रममा मृत्यू गएको छ ।
मृत्यु हुनेमा जिल्ला सप्तरी सम्भुनाथ नगरपालिका घर भई हाल जिल्ला धनुषा जनकपुर उपमहानगरपालिका –१० का ५० वर्षीय निर्मल गुप्ताको धुलिखेल अस्पतालमा उपचारको क्रममा शुक्रवार बिहान ३ बजे मृत्यू भएको जिल्ला प्रहरी कार्यालय सिन्धुली जानकारी दिएको छ ।
काठमाडौँबाट जनकपुरतर्फ आउदै गरेको बा ३ ख ८४४५ नम्बरको हायस गाडीको टायर पंचर हुदाँ अनियन्त्रित भई सडक छेउको डिभाईडरमा ठक्करखाई दुर्घटना हुदाँ १३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रबक्ता प्रहरी नायव उपरीक्षक अनिल कुमार खडकाले जानकारी दिनुभयो ।
घाइते मध्ये २ जनालाई धुलिखेल अस्पतालबाट बिएनबी रिफर गरिएको, २ जनाको धुलिखेल अस्पताल, २ जना ट्रमा सेन्टरमा र ४ जनाको सुनकोशी अस्पतालमा उपचार भईरहेको साथै २ जना डिस्चार्ज भएको प्रनाउ खडकाले बताउनुभयो । हायस चालक जिल्ला प्रहरी कार्यालय सिन्धुलीको नियन्त्रणमा रहेको खडकाले जानकारी दिनुभयो ।