शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

आज २०८१ माघ ४ गते शुक्रवारको राशिफल

बिहिवार , माघ ३, २०८१

बि.सं.२०८१ माघ ४ गते शुक्रबार ई.सं.२०२५ जनवरी १७ नेपाल सम्बत ११४५ पोहेलागा चतुर्थी, कालयुक्त नाम संवत्सर सूर्य उत्तरायनं, हेमन्त ऋतु, माघकृष्ण चतुर्थी, चन्द्रमा सिंह राशिमा, मघा नक्षत्र, सौभाग्य योग, बव करण । आज नेपालमा सूर्योदय बिहान ०६: ५५ बजे, सूर्यास्त साँझ ०५: ३२ बजे हुनेछ । आज जन्म लिने बच्चा सिंह राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ८ बजेर १५ मिनेट देखि ९ बजेर ३४ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । । मेष,(चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :– परिस्थिति सोचेजस्तो नहुनाले फाइदा कम हुनेछ । अवसर प्राप्त भए पनि मेसो नमिल्नाले काममा ढिलासुस्ती हुन सक्छ । पढाइलेखाइमा सोचेजस्तो प्रगति गर्न नसकिए पनि गुरुजनको सुझाव र सहयोग लाभदायी बन्नेछ । तत्काल लाभ नभए पनि व्यापारको स्रोत पहिल्याउन सकिनेछ । रचनात्मक काममा जुट्ने समय छ । गरिएका कर्मको सामान्य प्रतिफल पाइनेछ । वृष,(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :– अवसर प्राप्त भए पनि परिस्थिति सोचेजस्तो अनुकूल नहुन सक्छ । हडबडीले काम बिग्रन सक्छ । आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ । शुभचिन्तकहरूको मनोभाव विचार गरेर अघि बढ्नुहोला । दोहोर्याएर प्रयास गर्दा रोकिएको काम बन्नेछ । साथीभाइको सहयोग जुट्नाले उत्साह थपिनेछ । दीर्घकालीन महत्वका काममा निर्णय लिन हतार नगर्नुहोला । मिथुन,(का, कि, कु, घ, ङ, छ, के, को, ह) :– परिस्थिति सोचेजस्तो अनुकूल नहुन सक्छ । आवेशमा काम गर्दा विवादमा परिनेछ । दाजुभाइमा केही असमझदारी देखापर्न सक्छ । आफ्नो श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन् । मौका आए पनि काम थाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला । अवसर र व्यवधानका बीचबाट कर्मयोग अघि बढ्नेछ । लगनशीलताले अप्ठ्यारा परिस्थितिसमेत सहज बन्नेछन् । कर्कट,(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :– मिहिनेतले मानसम्मान दिलाउनेछ । बोली र विचारका प्रशंसकहरू बढ्नेछन् । बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । सहयोगीहरूले साथ दिने हुँदा रोकिएका काम पनि सम्पादन हुनेछन् । लगनशीलताले नाम, दाम र इनाम हातपार्न सफल भइनेछ । अध्ययनमा प्रगति हुनेछ । सिंह,(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :– साथीभाइको आगमनले दिन मनोरञ्जनपूर्ण हुनेछ । रमाइलो जमघट एवं भोजभतेरको अवसर प्राप्त हुनेछ । पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । पहिलेको सफलताले थप हौसला जगाउनेछ । पढाइमा प्रगति हुनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन् । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । कन्या,(टो, प, पि, पु, ष, ण, ठ, पे, पो) :– खर्चको जोहो गर्न आफन्त र परिवारबाट टाढिनुपर्ला। आर्थिक प्रलोभन देखाउनेहरूबाट सजग रहनुहोला । समस्या पर्दा सहयोग गर्नेहरू भेटिनेछन् । खर्च लागे पनि दिगो फाइदा हुने काम फेला पर्न सक्छ । टाढाका साथीभाइको निम्तो प्राप्त हुने समय छ । अवसरको खोजीमा केही दौडधुप भने गर्नुपर्ला। चुनौती पन्छाउँदै रोकिएका काम सम्पादन गर्न सकिनेछ । तुला,(र, रि, रु, रे, रो, ता, ति, तु, ते) :– आम्दानीका विभिन्न स्रोत फेला पर्नेछन् । मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ । आँटले काम सम्पादन हुनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ । विभिन्न भौतिक साधन प्राप्त हुनेछन् । अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ । केही रकम खर्चिएर पनि तारिफयोग्य काम सम्पादन गरिनेछ । वृश्चिक,(तो, ना, नि, नु, ने, नो, या, यि, यु) :– अवसरसँगै चुनौतीसमेत देखा पर्नेछन् । सहयोगको नाममा आफ्ना कमजोरीको फाइदा उठाउनेहरू फेला पर्नेछन् । आवेशको व्यवहारले समस्या निम्त्याउनेछ, सजग रहनुहोला । अरूका लागि समय खर्चनुपर्ला । नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला । सानै होसियारीले पनि फाइदाका स्रोत पहिचान गर्न सकिनेछ । नतिजा सच्याउन केही काम दोहोर्याउनुपर्ला । धनु,(ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :– मिहिनेत परे पनि प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । चुनौतीहरू स्वतः हट्नेछन् भने अवसर तथा सफलताले पछ्याउनेछन् । टाढिएका मित्रगण नजिकिनाले प्रसन्नता मिल्नेछ । सामाजिक काममा रुचि बढ्नेछ । आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ । अभाव हट्नुका साथै नाम, दाम र इनाम प्राप्त हुनेछ । धार्मिक मनोवृत्ति बढ्नेछ र सेवामूलक काम गरिनेछ । मकर,(भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :– स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल प्राप्त नहोला । काम बिग्रने भयले सताउनेछ । न्यून उपलब्धिमै चित्त बुझाउनुपर्ला। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला । पहिलेका समस्या दोहोरिन सक्छन् । सानातिना घरेलु कामले अल्झाउन सक्छ । आलोचकहरू बढ्नेछन् भने वादविवादले समस्या निम्त्याउन सक्छ । लेनदेनमा विवाद हुन सक्छ । कुम्भ,(गु, गे, गो, सा, सि, सु, से, सो, द) :– समयमा वचन पुर्याउन नसक्ता अरूले आलोचना गर्न सक्छन् । हतारमा निर्णय लिने बानीले काम दोहोर्याउनुपर्ने हुन सक्छ । घुमफिर तथा मनोरञ्जनमा समय बित्नेछ । भोग–विलास र सुख–सुविधाका लागि केही खर्च बढ्न सक्छ । केही विवादास्पद जिम्मेवारी समेत वहन गर्नुपर्ला। अरूको मुख ताक्ने बानीले काम अधुरो रहनेछ । हातमा आएको रकम तत्काल खर्च हुनेछ । मीन,(दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :– खर्च लागे पनि प्रयत्न गर्दा आंशिक काम बन्नेछ । थोरै लाभ भए पनि अभाव टर्नेछ । पछि लाभ हुने काम प्रारम्भ हुन सक्छ । आफ्नो हकभोगमाथि अरूले दाबी गर्न सक्छन् । असंयम व्यवहारले शत्रुता बढाउन सक्छ । गलत चिन्तन प्रकट गर्दा स्वयं आलोचित भइनेछ । निर्णायक मोडमा दुविधा उत्पन्न हुनाले केही समस्या पर्नेछ । तापनि, नियमित काम सम्पादन हुनेछन् ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन मंगलमय रहोस्

प्रतिक्रिया