शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

सिन्धुलीमा साढे ४१ तोला सुन र गरगहनासहित एक जना पक्राउ

मंगलवार , माघ १, २०८१

सिन्धुली – सिन्धुलीमा प्रहरीले झण्डै साढे ४१ तोला सुन र गरगहना सहित एकजनालाई पक्राउ गरेको छ । सोमबार भिमान चेक पोष्टमा खटिएको प्रहरी अधिकृत समेतको टोलीले फोर्स गाडिमा लुकाईछिपाइ ल्याएको अवैध सुन र गरगहना सहित पर्सा पोखरिया नगरपालिका ८, जगतपुर का ४८ वर्षिय बिक्रम साहलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

बर्दिवासबाट काठमाडौंतर्फ आउँदै गरेको बा ४ ख ५५४० नम्बरको फोर्स गाडीलाई विशेष सूचनाको आधारमा चेकजाँच गर्दा गाडीको बि साईडको ५ नम्बर सिटमा सवार साहको साथमा रहेको कालो रंगको झोला भित्र कपडाले बरेको रातो कालो रंगको टेपले बेरी ४ (चार) वटा प्याकेटमा बिल बिजक नभएको सुन र गरगहना लुकाई छिपाई ल्याएको प्रहरीले फेला पारेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक अनिल कुमार खड्काले बताउनुभयो । बिल बिजक नभएको सुन जस्तो देखिने पहेलो धातु र विभिन्न गर–गहना बरामद भएको गरिएको उहाँले बताउनुभयो ।

काँचो सुन जस्तो देखिने बिस्कुट आकारको टुक्रा दुई थान ४८२.२३ ग्राम (४१.३५ तोला) ६४ लाख ६१ हजार नौ सय ८१ रुपैँया बराबरको समान बरामद गरिएको छ । यस्तै सुनको ६३ थान औठी, पाँच थान मंगलसुत्र, छ थान झुम्का÷टप, बाला एक थान, नेकलेस एक थान, हिरा जस्तो देखिने सेतो टल्कने पत्थर कागजको सानो सानो पोकामा बाह्र थान, भिभो मोवाईल एक थान र नगद १९ हजार बरामद गरेको प्रनाउ खड्काले बताउनुभयो । उहाँका अनुसार साहलाई नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया