सिन्धुली – ‘कलिगङ्गा कमलाः आस्थाको एक अविरल प्रवाह’ पुस्तक लोकार्पण गरिएको छ । सिन्धुलीमाढीमा सोमबार एक कार्यक्रमका बिच पुस्तकको लोकार्पण गरिएको हो । पुस्तकमा लोक कल्याणदायी कमला गङ्गाको अद्धितीय महत्व, नदी कमला लोकजीवनको सार्थक आधार, कमला नदीको अवस्था, माइस्थान मन्दिरको इतिहास र आध्यात्मिक पक्ष, कमला नदी कलियुगकी गङ्गा, पौराणिक कालमा सिन्धुलीको अवस्थिती लगायतको महत्वपूर्ण बिषयहरु समेटिएका छन् ।
कलिगङ्गा कमला महिमा उजागर समितिका संयोजक तथा कमलामाई नगरपालिकाका निवर्तमान नगरप्रमुख खड्गबहादुर खत्रीको अध्यक्षता तथा जनकपुरको जानकी मन्दिरका महन्त रामतपेश्वरदास वैष्णव र पूर्वीय दर्शनका अन्वेषक एवं लेखक हरि मञ्जुश्रीको विशेष उपस्थितिमा उक्त पुस्तकको लोकार्पण गरिएको हो ।
कलिगङ्गा कमलाः आस्थाको एक अविरल प्रवाह पुस्तकमा लोक कल्याणदायी कमला गङ्गाको अद्वितीय महत्व, नदी कमला लोक जीवनको सार्थक आधार, कमला नदीको अवस्था, माईस्थान मन्दिरको इतिहास र आध्यात्मिक पक्ष, कमला नदी कलियुगकी गङ्गा, पौराणिक कालमा सिन्धुलीको अवस्थिति लगायतको महत्त्वपूर्ण विषय बस्तुहरू समेटिएका छन् ।
पुस्तक लोकार्पणको अवसरमा जानकी मन्दिर जनकपुरका महन्त रामतपेश्वर दासले कमला नदीको उद्गमस्थल यहाँ रहेको कुरा धेरैलाई थाहा नभएकाले यसको प्रचारप्रसार गर्न जरुरी रहेको बताउनुभयो । कमला नदीलाई तराई मधेसका जिल्लाहरूमा देवीको रूपमा पुजिने भएकाले यसको प्रचारप्रसार र गर्न सके सिन्धुली जिल्लामा धार्मिक गतिविधि बढ्ने उहाँले बनाउनुभयो ।
कार्यक्रममा कलिगङ्गा कमला महिमा उजागर समितिका संयोजक प्रमुख खड्गबहादुर खत्रीले अहिले लोकार्पण गरिएको पुस्तक पूर्ण नभए पनि यसलाई निरन्तरता दिइने बताउनुभयो । आफ्नो ठाउँको विकास गर्नको लागि सबैभन्दा पहिले स्थानीय सक्रिय हुनुपर्ने उहाँको भनाई छ । अर्को वर्ष यस पुस्तकलाई हिन्दी भाषामा प्रकाशन गर्ने र प्रचारको लागि तराई मधेस तथा भारको विहारसम्म पु¥याउने अभियान रहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा पूर्वीय दर्शनका अन्वेषक एवं लेखक हरि मञ्जुश्री, रेडियो नेपालका गायक मच्छेश्वर सापकोटा, प्रमुख जिल्ला अधिकारी लीलानाथ शर्मा, सिन्धुली प्रहरी प्रमुख प्रहरी उपरीक्ष्क गोविन्दराज काफ्ले, बुद्धिजीवी, सामाजिक अभियन्ता, समाजसेवी तथा साहित्यकार, जनप्रतिनिधि र विभिन्न राजनीतिक दलका प्रमुख एवं प्रतिनिधाहरूको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन कलिगङ्गा कमला महिमा उजागर समितिका सदस्य प्राध्यापक विश्वनाथ बरालले गर्नुभएको थियो ।