शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

आज २०८१ पुस २९ गते सोमवारको राशिफल

आइतवार , पौष २८, २०८१

  बि.सं.२०८१ पुष २९ गते सोमबार ई.सं.२०२५ जनवरी १३ नेपाल सम्बत ११४५ पोहेलाथ्व पुन्हि, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं हेमन्त ऋतु, पुष शुक्ल पूर्णिमा, चन्द्रमा मिथुन राशिमा, आद्र्रा नक्षत्र, वैधृति योग विष्टि करण । आज नेपालमा सूर्योदय बिहान ०६ः ५५ बजे, सूर्यास्त साँझ ०५ः २९ बजे हुनेछ । आज जन्म लिने बच्चा मिथुन राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा शरिर ऐनामा हेरेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०६ बजेर ५५ मिनेट देखि ०८ बजेर १५ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । आज श्री स्वस्थानी व्रत कथा प्रारम्भ ÷माघ स्नान, पूर्णिमा व्रत रहेको छ । मेष,(चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :– कर्मयोगले नयाँ मोड लिनेछ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ । शत्रु परास्त हुनेछन् भने प्रतिस्पर्धीहरू पछि हट्नेछन् । अग्रज तथा सहयोगी जुट्नाले सोचेको लाभ उठाउन सकिनेछ । पुरुषार्थले काममा सफलता दिलाउनेछ । नाम, दाम र इनाम आर्जन गर्न सकिनेछ । वृष,(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :– बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर जुट्नेछ । चिताएको काम सम्पादन हुनेछ । पहिलेका कमजोरीलाई सुधार्ने मौका छ । मिहिनेतले सम्मानित स्थान दिलाउनेछ । मान–सम्मान प्राप्त हुनेछ । सम्पादित कामबाट धन लाभ हुनेछ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ । नाम, दाम र इनाम प्राप्त हुनेछ । मिथुन,(का, कि, कु, घ, ङ, छ, के, को, ह) :– रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्नेछ । मिहिनेतको परिणामले आत्मविश्वास बढाउनेछ । विशेष अवसरले प्रसन्नता दिलाउनेछ भने सहयोगीहरूको साथले काममा उत्साह जगाउनेछ । विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ भने आकर्षक उपहार प्राप्त हुन सक्छ । रमाइलो जमघटको आनन्द प्राप्त हुनेछ । नयाँ कामको अवसर प्राप्त हुने सम्भावना छ, हौसला जाग्नेछ । कर्कट,(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :– खर्चको जोहो गर्न आफन्त र परिवारबाट टाढिनुपर्ला। धेरै लगानी गर्दा कममात्र फाइदा हुनेछ । अर्थअभावले काम पूर्ण नहुन सक्छ । कमजोरी सच्याउन काम दोहोर्याउनुपर्ला। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन् । साथीभाइको सहयोगले यात्रा हुनेछ । आफ्ना कमजोरीबाट लाभ उठाउनेहरू सक्रिय हुने हुँदा सावधान रहनुहोला । सिंह,(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :– भौतिक साधन जुट्नाले प्रसन्नता मिल्नेछ । आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि बढी नै फाइदा हुनेछ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । साझेदारीमा पनि राम्रो फाइदा हुनेछ । आम्दानी बढ्नाले परिवारजनका आवश्यकता पूरा हुनेछन् । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ । चिताएको काम बन्नेछ भने अवसरले राम्रै लाभ दिलाउनेछ । कन्या,(टो, प, पि, पु, ष, ण, ठ, पे, पो) :– कामको सन्दर्भमा प्रतिष्ठित व्यक्तिहरूसँग सहकार्य गर्ने अवसर जुट्नेछ । दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ । विशेष भेटघाटले काममा उत्साह बढाउला । मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ । तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ । सामाजिक जिम्मेवारी प्राप्त हुनुका साथै आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व पनि हातलागी हुने सम्भावना छ । तुला,(र, रि, रु, रे, रो, ता, ति, तु, ते) :– तत्काल कम उपलब्धि भए पनि अवसर खोज्ने समय छ । प्रयत्न गर्दा विश्वास नलागेको काम समेत सजिलै बन्न सक्छ । सामाजिक जिम्मेवारी प्राप्त हुनेछ । पहिलेका समस्या सुल्झाउन सफल भइनेछ । तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ । व्यापारमा पनि राम्रै फाइदा हुनेछ । दिगो योजना बन्न सक्छ । मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ । वृश्चिक,(तो, ना, नि, नु, ने, नो, या, यि, यु) :– प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। स्वास्थ्य कमजोर रहनाले औषधि–उपचारमा खर्च बढ्नेछ । यात्रा कष्टपूर्ण हुनेछ र अरूको विश्वास गर्दा आफ्नो काम रोकिन सक्छ । आफ्ना सूचना बाहिरिने समय रहेकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला । कमजोर नतिजा सच्याउन काम दोहोर्याउनुपर्ने हुन सक्छ । लगनशीलताले लाभ उठाउन सकिनेछ । धनु,(ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :– प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ । साथीभाइको सहयोगले काममा उत्साह मिल्नेछ । भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । अतिथिका रूपमा सत्कार पाइनेछ । खर्च लागे पनि घुमफिर तथा मनोरञ्जनको समय छ । आम्दानी बढाउने काम सुरु हुनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ । व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुन सक्छ । मकर,(भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :– चुनौती अँगाल्नुपरे पनि आँटले लक्ष्यमा पुर्याउनेछ । ईष्र्या गर्नेहरू स्वयं पछि पर्नेछन् भने कर्मयोगले भविष्यको बाटो समाउनेछ । समस्या पन्छाएर अधिकार स्थापित गर्न सकिनेछ । दिगो फाइदा हुने काममा जग बसाउने मौका छ । रोग तथा शत्रुमाथि विजय प्राप्त हुनेछ । प्रतिस्पर्धाको दौडमा समेत जित हासिल हुनेछ । पेसा–व्यवसायमा मनग्य लाभ उठाउन सकिनेछ । कुम्भ,(गु, गे, गो, सा, सि, सु, से, सो, द) :– रोकिएको काम सम्पादन हुनेछ र नयाँ काम गर्ने अवसर समेत जुट्नेछ । अध्ययनमा राम्रो प्रगति हुनेछ । सेवामूलक कामबाट धनलाभ हुनेछ । शुभचिन्तकहरूले साथ दिनेछन् । प्रतिभा प्रदर्शन गर्दै उपलब्धि प्राप्त गर्न सफल भइनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । सानो प्रयत्नले लक्ष्य प्राप्त हुनुका साथै दिगो काम प्रारम्भ हुनेछ । फाइदाको स्रोत पहिल्याउन सकिनेछ । मीन,(दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :– प्रक्रिया नमिल्नाले केही काम दोहोर्याउनुपर्ला। हिस्सेदारसँग असमझदारी बढ्ने सम्भावना छ । पहिलेको निर्णय पुनर्विचार गर्नुपर्ने स्थिति आउन सक्छ । महत्त्वाकांक्षी योजना गोप्य राख्नुहोला । कृषि र पशुधनबाट मनग्य लाभ उठाउन सकिनेछ । विगतका कर्मको उचित प्रतिफल पाइनेछ । पेसा–व्यवसायमा पनि फाइदा उठाउने समय छ । नयाँ काम गर्ने अवसर समेत जुट्नेछ ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन मंगलमय रहोस्

प्रतिक्रिया