सिन्धुली – मदनभण्डारी राजमार्ग अन्तरगत सिन्धुली सदरमुकामको विवादित ६ किलोमिटर सडक निर्माण हुन सकेको छैन । राजमार्ग निर्माण सम्पन्न भइक्दा समेत जिल्लाको विवाद सडक निर्माण हुन नसकेको हो । राष्ट्रिय गौरबको आयोजना अन्र्तगत निर्माणाधिन रहेको हेटौडा–सिन्धुली–चतरा(मदन भण्डारी राजमार्ग) को रुट सिन्धुली सरमुकाम स्थित ६ किलोमिटर सडक निर्माण गर्न स्थानीयले अवरोध गरेका थिए । स्थानीयले अफ्नो जग्गाको मुआब्जाको माग गर्दै मुआब्जा नदिए सडक निर्माण कार्य हुन नदिने अडान लिएका छन् ।
सिन्धुली सदरमुकामस्थित कमलामाई नगरपालिका ६ को धुराबजार हुदै मिलन चोक, साङवाले खट्टार जोड्ने गरि राजमार्गको नक्साङकन तथा विस्तृत अध्यन प्रतिवेदन तयार भई ठेक्का लागेको भएपनि स्थानीयले राजमार्ग निर्माण गर्दा ब्यक्तिगत सम्पति क्षति धेरै हुने भन्दै अवरुद्ध गर्दै आएका थिए । राजमार्गको क्षेत्राधिकार दायाँबायाँ गरि ३० मिटर नेपाल सरकारले कायम गरेको भएपनि ११ मिटर चौडा बाहेक अन्य जग्गा जमिन सडकलाई नदिने स्थानीयको भनाई छ । डिपिआर तयार भई ठेक्का लागेको रुटको धुराबजार क्षेत्रका केहि घरहरु राजमार्ग निर्माण गर्दा क्षति हुने भन्दै त्यस क्षेत्रबाट राजमार्ग निर्माणको रुट परिवर्तन गरि अन्यत्र डाइभर्ट गर्न भन्दै स्थानीयले निर्माणमा अवरोध गदैँ आएका छन् ।
मदनभण्डारी राजमार्गको पश्चिम खण्डमा पर्ने धुराबजार देखि खट्टारसम्म विवाद भइ सडक निर्माण नभएपछि धुराबजारको सिरान देखि खट्टारसम्म नाला सहित ११ मिटर सडक बनाउने सहमती समेत भएको थियो । यस्तै धुराबजार हुँदै विपी राजमार्गमा जोडिने सडक हाल जति कायम छ सोही सडकलाई ओभरले(कालोपत्रेमाथि थप कालोपत्रे) गर्ने सहमती भइ काम अगाडी बताएपनि हाल सम्म सडक निर्माण सम्पन्न भएको छैन ।
सडक निर्माण नहुदाँ यात्रुले सास्ती खेप्नु परेको बताएका छन् । “सिन्धुलीमाढी देखि खट्टार सम्मको सडक ठाउँठाउँमा निर्माण भएको छैन ” राजमार्गमा यात्रा गर्ने एक यात्रुले भने, “भत्किएको साथै धुलो र ढुंगाको कारण सवारी दुर्घटनाको जोखिम समेत बढेको छ । सहमति गरेर छिटै सडक निर्माण सम्पन्न गर्न आग्रह समेत गर्छु ।”
जिल्ला सदरमुकामस्थित कमलामाई नगरपालिका–४ खटारदेखि धुरा बजारको छ किमी सडक निर्माणमा लामो समयदेखि राजमार्ग अर्कोतिरबाट लैजानुपर्ने मागसहित अवरोध हुँदै आएको थियो । राजमार्गको नक्सांकनका विषयलाई लिएर झण्डै छ वर्ष अगाडिदेखि विवाद भई निर्माण हुन् नसकेको राजमार्गमा हाल सम्म पनि निर्माण कार्य अगाडि बढेको छैन ।
राजमार्गको पश्चिम खण्डअन्तर्गत सिन्धुली सदरमुकामस्थित धुरा बजारदेखि खटार क्षेत्रसम्मको छ किमी लम्बाइ रहेको उक्त सडकको चौडाइ घटाएर नौ मिटर मात्र कालोपत्र गर्ने सहमतिअनुसार निर्माणको काम भएपनि पुनः निर्माण कार्य रोकिएको छ । यस राजमार्गको अन्य क्षेत्रमा नालाबाहेक कालोपत्रमात्रै ११ मिटर गरिएको छ ।