शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

आज २०८१ पुस २७ गते शनिवारको राशिफल

शनिवार , पौष २७, २०८१

बि.सं.२०८१ पुस २७ गते शनिबार ई.सं.२०२५ जनवरी ११ नेपाल सम्बत ११४५ पोहेलाथ्व द्वादशी, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं हेमन्त ऋतु, पुष शुक्ल द्वादशी, चन्द्रमा मिथुन राशिमा, रोहिणी नक्षत्र, ब्रद्म योग । आज नेपालमा सूर्योदय बिहान ०६ः ५७ बजे, सूर्यास्त साँझ ०५ः २७ बजे हुनेछ । आज जन्म लिने बच्चा मिथुन राशीको हुनेछ । मेष,(चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :– छोटो समयमा फाइदा उठाउन सकिनेछ । अध्ययन, लेखन तथा मनोरञ्जनमा समय बित्नेछ । बोली र विचारका प्रशंसकहरू बढ्नेछन् । रमाइला क्रियाकलापमा सहभागी बन्ने अवसर जुट्नुका साथै मान–सम्मान प्राप्त हुने समय छ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । मिहिनेतले काममा सफलता दिलाउनेछ । समस्या पन्छाएर पनि उपलब्धि हात पार्न सकिनेछ । वृष,(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :– पहिलेको सफलताले हौसला जगाउनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन् । साथीभाइको सहयोगले काममा हौसला जाग्नेछ । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । मिहिनेतले मानसम्मान दिलाउनेछ । बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ । पहिलेका कमजोरी सच्याउने अवसर पनि प्राप्त हुनेछ । मिथुन,(का, कि, कु, घ, ङ, छ, के, को, ह) :– खर्च बढ्ने समय रहेको हुँदा धेरै रकम जोहो गर्नुपर्ला। सोखले विलासी वस्तुहरूमा खर्च गराउनेछ । उठ्नुपर्ने रकम तत्काल उठाउँदा लाभांशमा घाटा लाग्न सक्छ । आफन्तजनबाट टाढिनुपरे पनि टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ । लामो यात्रा गर्ने अवसर जुट्न सक्छ । नयाँ कुरा पाउन केही वस्तु त्याग्नुपर्नेछ । पछिका लागि केही लगानी गर्ने अवसर प्राप्त हुनेछ । कर्कट,(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :– मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ । तारिफयोग्य काम सम्पादन गर्दै मनग्य धन आर्जन गर्न पनि सकिनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ । विभिन्न भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । पहिलेको सफलताले नयाँ अवसर पनि दिलाउन सक्छ । सिंह,(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :– प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ । सामाजिक कार्य गर्न सकिनेछ । विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ । व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ । मिहिनेत गर्दा कीर्तिमानी काम सम्पादन हुनेछ । कन्या, (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) :– मेहनतको फल प्राप्त हुने समय छ । समुदायको हितमा केही राम्रै काम गर्न सकिनेछ । धार्मिक र सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ । सामाजिक उत्तरदायित्व हातपार्न सकिनेछ । रोकिएको कामले पनि निकास पाउनेछ । आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ । शक्तिको धाक देखाउनेहरू स्वतः निहुरिनेछन् । तारिफयोग्य काम गर्दै पदीय जिम्मेवारी प्राप्त गर्न सकिनेछ । तुला,(र, रि, रु, रे, रो, ता, ति, तु, ते) :– स्वास्थ्य प्रतिकूल रहने सम्भावना छ, आहारविहारमा ध्यान पुर्याउनुहोला। सानातिना काममै अलमलिनाले ठूलो उपलब्धि नहुन सक्छ । लोकाचारका पछि लाग्दा अवसर गुम्न सक्छ । अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने अवस्था आउन सक्छ । कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ । अवसरका लागि केही त्याग गर्नुपर्ला। पहिलेका कमजोरीमा क्रमशः सुधार आउनेछ । वृश्चिक,(तो, ना, नि, नु, ने, नो, या, यि, यु) :– हडबडले काम बिग्रनेछ भने धैर्य एवं मेहनतले मनग्य आम्दानी दिलाउनेछ । साथीभाइको सहयोग र उपहारसमेत पाइनेछ । अतिथिका रूपमा सम्मान प्राप्त हुने समय छ । मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन पनि कसिने सम्भावना छ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । परिवारजनको साथले नयाँ आशा जगाउनेछ । वादविवादबाट जोगिने प्रयत्न गर्नुहोला। धनु, (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :– शत्रुहरू स्वतः किनारा लाग्नेछन् र प्रतिस्पर्धामा विजयी भइनेछ । स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ । पुरुषार्थ देखाएरै पेसा–व्यवसायमा स्थापित बन्न सकिनेछ । मिहिनेतले प्रशस्त फाइदा दिलाउनेछ । द्वेष तथा ईष्र्या गर्नेहरूले हार खानेछन् । चुनौती पन्छाएर पनि काम बनाउन सकिनेछ । व्यापारलगायत दिगो आर्थिक लाभ हुने नयाँ योजना शुभारम्भ गर्ने समय छ । मकर,(भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :– श्रम परे पनि सुखद् समाचारले उत्साह जगाउनेछ । तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ । बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ । आम्दानीका स्रोत बढ्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ । अध्ययनमा प्रगति हुनुका साथै ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ । मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ । बौद्धिक अभिव्यक्तिको प्रभाव बढ्नेछ । कुम्भ,(गु, गे, गो, सा, सि, सु, से, सो, द) :– आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । कामको अवसर प्राप्त भए पनि तत्काल प्रतिफल हातलागी नहुन सक्छ । पहिलेका सम्झौता तोड्नुपर्ने परिस्थिति आउन सक्छ । अरूको भरपर्दा काम बिग्रन सक्छ । मान्यजनको सहयोगले तत्कालको अन्योल भने टर्न सक्छ । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। अवसरलाई पछ्याउन नसक्दा व्यवहारमा पछि परिनेछ । मीन, (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :– नयाँ काम प्रारम्भ गर्ने समय छ । चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ । दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनसमेत कसिनेछ । लगानी गर्दा व्यवसायमा मनग्य धनलाभ हुनेछ । आलस्य त्यागेर मिहिनेत गर्दा फाइदा उठाउन सकिनेछ । पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ । पहिलेका प्रतिस्पर्धीहरूले समेत सहयोगका हात फैलाउनेछन् ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन मंगलमय रहोस्

प्रतिक्रिया