शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

नेकपा माओवादी केन्द्र गोलन्जोरको दोस्रो सम्मेलन भोलि

शुक्रवार , पौष २६, २०८१

सिन्धुली – नेकपा (माओवादी केन्द्र) गोलन्जोर गाउँपालिकाको दोस्रो पालिका सम्मेलन भोलि(शनिवार) हुने भएको छ ।

प्रतिनिधिसभा क्षेत्र नम्बर दुईका सांसद तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य लेखनाथ दाहाल‘राजन’को प्रमुख आतिथ्यतामा दोस्रो गाउँ अधिवेशन हुन लागेको नेकपा माओवादी केन्द्र गोलन्जोर गाउँकमिटिका सचिव अम्बरदिप थापाले जानकारी दिनुभयो ।

कार्यक्रम गोलन्जोर गाउँपालिका ३ स्थित ग्वाल्टारमा आयोजना गरिने छ । सम्मेलनमा प्रतिनिधि, पर्यवेक्षक, नेता तथा कार्यकर्ताहरु गरि करिव चार सयबढीको सहभागिता हुने बताइएको छ ।

अधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व समेत चयन गर्ने छ । पार्टीका गाउँपालिका अध्यक्ष रोशन श्रेष्ठले पिकनिकि (बनभोज) सहितको अधिवेशनमा सहभागि हुन सबै नेता तथा गाउँपालिकाका सुभेच्छुकहरुलाई आग्रह गर्नु भएको छ ।

“अधिवेशनमा पार्टीका केन्द्रीय, प्रदेश र जिल्ला तहका नेताका साथै समकक्षी राजनीतिक दलका प्रतिनिधिहरुको समेत सहभागिता हुने कार्यक्रम तय भएको छ,” अध्यक्ष श्रेष्ठले भन्नुभयो ।

यसैविच नेकपा माओवादी केन्द्र फिक्कल गाउँपालिकाको पनि शनिवारनै अधिवेशन आयोजना गरिएको छ । पार्टीको मरिण, हरिहरपुरगढी र सुनकोसी गाउँपालिकामा भने अधिवेश सम्पन्न भईसकेको छ ।

प्रतिक्रिया