सिन्धुली – नेकपा (एमाले) कमलामाई नगरपालिका वडा नम्बर ८ को वडा कमिटीको बैठक सोमबार सम्पन्न भएको छ । नेकपा (एमाले) कमलामाई नगर कमिटीका अध्यक्ष सुन्दर घिसिङका अनुसार वडा कमिटीका अध्यक्ष चन्द्र बहादुर मुक्तानको अध्यक्षतामा भएको बैठकमा नेपाली काँग्रेस पार्टी परित्याग गरेका ध्रुव रुम्बाको नेतृत्वमा लक्ष्मी रुम्बा, अंकिता रुम्बालाई नेकपा एमालेका बागमती प्रदेश कमिटी सदस्य विनोद खडका, जिल्ला अध्यक्ष महेन्द्र देव श्रेष्ठ, जिल्ला कमिटी सदस्य टिका बहादुर मुक्तानले एमालेमा प्रवेश गराउनुभएको थियो ।
आधारभूत तहसम्म अर्थात् टोल–टोलसम्मै पार्टी कमिटी निर्माण गर्ने कार्य जारी रहेको नेकपा (एमाले) जिल्ला अध्यक्ष महेन्द्र देव श्रेष्ठले बताउनुभयो । सदस्यता विस्तार सँगसँगै ‘जनतासँग जनसंगङ्गठन अभियान’ सञ्चालन गर्ने संकल्प पनि लिएको उहाँको भनाई छ । सबै भूगोलमा एमालेको अभियान जारी रहेको, स्थानीय तहहरूमा बैठक, कार्य योजना निर्माण वडा र टोल टोलमा एमालेको अभियान सिन्धुलीमा निरन्तर जारी रहेको बताउनुभयो ।
समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पुरा गर्नका लागि पार्टीलाई बलियो र निर्णायक राष्ट्रिय शक्तिको रूपमा विकास गरिने बताउँदै उहाँले भन्नुभयो “आगामी निर्वाचनमा जनआधार विस्तार गरी त्यसलाई दिगो बनाई निर्णायक तहमा पार्टीलाई पु¥याउँने योजना हामीसँग रहेको छ, जुन योजना अनुसार हामी अघि बढिरहेका छौ, हाम्रा गतिविधिहरू निरन्तर जारी रहेका छन् । ”
वडा कमिटीको बैठक, टोल कमिटी गठन, बैठकको अभियान मंसिर १५ गतेबाट सञ्चालन भएको नगर कमिटीका अध्यक्ष घिसिङले जानकारी दिनुभयो । मंसिर १५ गते बाट सुरु भएको यस अभियान निरन्तर रूपमा सञ्चालन भएको बताउँदै यो अभियान चैत २७ गते सम्म सञ्चालन गरिने उहाँको भनाई छ ।
यस अभियान भित्र रहेका राजनीतिक वैचारिक, संगठानिक, विकास निमार्ण, पार्टीको रणनीति प्रचार प्रसार, पार्टीले सञ्चालन गरेका कार्यक्रमको समीक्षा र थप योजना निर्माण, कार्यान्वयन र नेकपा (एमाले) प्रति जनताको आकर्षण बढाउने गरी काम गरिने उहाँको भनाई रहेको छ ।