शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

सिन्धुली काँग्रेसको विषेश अभियान समापन

मंगलवार , पौष १६, २०८१

सिन्धुली – नेपाली काँग्रेसको एक सय दिने विषेश अभियान सिन्धुलीमा समापन भएको छ । नेपाली काँग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर २ सिन्धुलीको आयोजनामा एक सय दिने विषेश अभियान सोमबार समापन भएको हो ।

अभियानमा संगठनको आगामी योजनाको विषयमा छलफल गरिएको थियो । साथै क्षेत्र नम्बर २ मा पौष १ गते देखि ७ गते सम्म क्रियाशिल फर्म कार्ड वितरण गरिएको थियो । प्रदेश र नगरका प्रतिनिधि राखि गाउँपालिकाको सभापतिलाई क्रियाशिल फर्म कार्ड हस्तान्तरण गरिएको क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर २ सिन्धुलीका सभापति कुमार ढकालले बताउनुभयो । उहाँका अनुसार उक्त फर्म साथै कार्ड गाउँपालिकाका सभापतिले वडा सभापति र टिकट प्राप्त वडा अध्यक्षलाई हस्तान्तरण गरिएको छ । ७ असोजदेखि सुरु भएको सय दिने अभियान जिल्लामा सोमबार समापन भएको हो ।

पार्टीले पार्टीभित्रको विवाद, तहगत सम्मेलन, क्रियाशील सदस्यता वितरण/वीकरण, नियमित बैठक लगायत काम गर्ने गरी केन्द्रीय प्रतिनिधि खटाइएको थियो । नेपाली काँग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर २ सिन्धुलीको सभापति कुमार ढकालको अध्यक्षता तथा नेपाली काँग्रेसको केन्द्रीय सदस्य प्रतिमा गौतमको प्रमुख आथित्यतामा भएको कार्यक्रममा विशिष्ट अथिति केन्द्रीय सदस्य तथा सचेतक सुशिला थिङ्ग, असिम जङ्ग थापा,माणिक ढकाल, खड्ग वाइबा, दिपक घिमिरे, बिमला माझी, विवश वाइबा, उपेन्द्र घलान  लगाएत गाउँपालिकाका सभापतिको उपस्थिति रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य उद्धव ढकालले राख्नु भएको थियो भने राजिब बुर्जाले कार्यक्रम संचालन गर्नुभएको थियो ।

प्रतिक्रिया