शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

शिक्षक संगठन सिन्धुलीको अध्यक्षमा कुँवर

सोमवार , पौष १५, २०८१

सिन्धुली – नेपाल राष्ट्रिय शिक्षक संगठन सिन्धुलीको अध्यक्षमा गुणविक्रम कुँवर विजयी हुनुभएको छ । १४ औँ जिल्ला अधिवेशन अन्र्तगत आइतबार सम्पन्न भएको निर्वाचनबाट उहाँ अध्यक्षमा निर्वाचित हुनु भएको हो । अध्यक्ष पदका उम्मेदवार रमन कुमार फुयाल (रमेश) र चेत प्रसाद तिमल्सिना (सि.पि)लाई पछि पादै कुँवर विजयी हुनु भएको हो ।

निर्वाचन कमिटीका प्रमुख नारायण बरालका अनुसार गुण विक्रम कुवरले २३२ मत प्राप्त गर्दै विजयी हुनु भएको हो । उहाँका प्रतिद्वन्दी रमन कुमार फुयाल (रमेश) १६२ र चेत प्रसाद तिमल्सिना (सि.पि)ले १६१ मत प्राप्त गर्नुभयो ।

उपाध्यक्ष खुल्लामा टेक बहादुर थापा मगर विजयी हुनु भएको छ । उहाँले २८९ मत प्राप्त गर्दा उहाँका निकटम प्रतिद्वन्दी नारायण प्रसाद नेपाल २३७ मत प्राप्त गर्नुभयो । महिला उपाध्यक्षमा मेनुका कुमारी काफ्ले (कार्की) विजयी हुनु भएको छ । उहाँले ३६७ मत प्राप्त गदा उहाँका प्रत्याशी मिना कुमारी आचार्य १६० मत प्राप्त गर्नु भयो ।

सचिवमा विजय तामाङ निर्वाचित हुनु भएको छ । उहाँले ४५४ मत प्राप्त गर्दा उहाँका प्रत्याशी सारदा ढुंगेलले ९७ मत प्राप्त गर्नुभयो । कोषाध्यक्षमा नेत्रहरी दुलाल विजयी हुनु भएको छ । उहाँले ३१५ मत प्राप्त गर्दा उहाँका प्रत्याशी नवराज पौडेल २०२ मत प्राप्त गर्नुभयो ।

राष्ट्रिय महाधिवेशन प्रतिनिधिमा अभिलाषा कोइराला निर्वाचित हुनु भएको छ । उहाँले २६६ मत प्राप्त गर्दा उहाँका प्रत्याशी अम्बिका कुमारी राईले २५४ मत प्राप्त गर्नुभयो ।

यस्तै राष्ट्रिय महाधिवेशन प्रतिनिधिमा डा. हरि प्रसाद पोखरेल, रमेश कार्की र राम कुमार थापा विजयी हुनु भएको छ । राष्ट्रिय महाधिवेशन प्रतिनिधिमामा डा. हरि प्रसाद पोखरेलले ३८०, रमेश कार्कीले २६१, राम कुमार थापाले २७२, उहाँ हरुका प्रत्याशीसुरेश प्रसाद फुयाँलले २६० मत प्राप्त गर्नुभयो ।

लेखा समितिमा छविरमण पौडेल विजयी हुनु भएको छ । उहाँले २६१ मत प्राप्त गर्दा सूर्यविक्रम कार्कीले २५६ मत प्राप्त गर्नुभयो ।

प्रतिक्रिया