२०८१ पुस ५ गते, शुक्रवार, २० डिसेम्बर २०२४ । पौष कृष्णपक्ष पञ्चमी तिथि, १२ः५० बजेपछि षष्ठी । मघा नक्षत्र । चन्द्रराशि सिंह ।
मेष,(चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :– छिटो फल प्राप्त गर्ने आकांक्षाले समस्या निम्त्याउनेछ । अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला । अवसर आए पनि नयाँ काममा हातहाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला । परिस्थितिसँग सम्झौता गर्नुपरे पनि गरेको कामले आशा भने जगाउनेछ । समयको मागअनुसार चल्ने प्रयास गर्नुहोला । बौद्धिक व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । मेहनत गर्दा अध्ययनमा प्रगति हुनेछ ।
वृष,(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :– आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । कामको अवसर प्राप्त भए पनि तत्काल प्रतिफल हातलागी नहुन सक्छ । पहिलेका सम्झौता तोड्नुपर्ने परिस्थिति आउन सक्छ । साथीभाइसँग पनि असमझदारी बढ्ने देखिन्छ । काममा अरूको भर नपर्नुहोला । रोकिएका काम दोहोर्याउनुपर्ला । आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन् । आफन्तसँग मतभेद हुनेछ ।
मिथुन,(का, कि, कु, घ, ङ, छ, के, को, ह) :– प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने हुन सक्छ । प्रतिस्पर्धामा उत्रनुपरे पनि मिहिनेतले उपलब्धि हातपार्न सकिनेछ । साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला । विभिन्न अवसरले सफलताको यश पनि दिलाउन सक्छ । भौतिक साधन जुट्नाले दिगो योजना अघि बढ्नेछ । कामले प्रतिष्ठा दिलाउनेछ । नियमित काम बने पनि आफ्नै सहयोगीहरू काममा बाधक बन्न सक्छन् ।
कर्कट,(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :– आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ । अरूको मुख ताक्ने बानीले काम अधुरो रहनेछ । हातमा आएको रकम तत्काल खर्चनुपर्नेछ । अरूलाई दिएको वचन पुर्याउन नसक्ता आलोचित बन्नुपर्ला । परिस्थिति सबल नदेखिए पनि मिहिनेतले आशा जगाउनेछ । बुद्धिको उपयोगले केही काम बनाउन सकिनेछ । शुभचिन्तकहरूको साथ–सहयोगले काम बन्नेछ ।
सिंह,(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :– अवसरका साथसाथै चुनौती पनि देखा पर्नेछन् । आगन्तुकहरूले अलमल्याउने हुनाले जीवनशैली व्यस्त रहनेछ । खानपानको असावधानीले स्वास्थ्य प्रतिकूल बन्न सक्छ । परिस्थिति अनुकूलै देखिए पनि काम बिग्रने डरले सताउनेछ । पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ । लगनशीलताले फाइदा दिलाउनेछ । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला ।
कन्या,(टो, प, पि, पु, ष, ण, ठ, पे, पो) :– अवसरका लागि केही दौडधुप गर्नुपर्नेछ । आकस्मिक खर्च बढ्नाले अर्थ अभाव देखापर्न सक्छ । अरूको करकापमा परेर इच्छाविपरीत काम गर्नुपर्ला । पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ । उधारोमा व्यापार गर्नुपर्ला । समय दिन नसक्दा अध्ययनमा पछि परिनेछ । आफन्तबाट टाढिनुपर्ने परिस्थिति आउन सक्छ । प्रयत्न गर्दा यात्राको प्रक्रिया अघि बढ्नेछ ।
तुला,(र, रि, रु, रे, रो, ता, ति, तु, ते) :– आयस्रोत राम्रो हुनाले आवश्यक भौतिक साधन जुट्नेछन् । सानो कामले पनि राम्रो आम्दानी दिलाउनेछ । श्रमको उचित मूल्य पाइनेछ । व्यापारमा राम्रै फड्को मार्ने समय छ । छोटो समयमै कामको जग बसाउन सकिनेछ । रोकिएको काम बन्नेछ र जिम्मेवारी समेत बढ्नेछ । उद्योग र व्यापारमा फाइदा उठाउन सकिनेछ । प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनेछ ।
वृश्चिक,(तो, ना, नि, नु, ने, नो, या, यि, यु) :– परिस्थितिवश केही समस्यामा अल्झनुपर्ने देखिन्छ । काम अड्किनाले उद्देश्य प्राप्त गर्न समय लाग्नेछ । अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन् । कमजोर नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला । अरूका लागि समय, धन र बुद्धि खर्चनुपर्ला । तत्काल फाइदा नहुने काममा अलमल हुनेछ । तापनि पछिका लागि पूर्वाधार तयार गर्न सकिनेछ ।
धनु,(ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :– परिस्थितिवश केही समस्यामा अल्झनुपर्ने देखिन्छ । काम अडकिनाले उद्देश्य प्राप्त गर्न समय लाग्नेछ । अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन् । कमजोर नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला । अरूका लागि समय, धन र बुद्धि खर्चनुपर्ला । तत्काल फाइदा नहुने काममा अलमल हुनेछ । तापनि पछिका लागि पूर्वाधार तयार गर्न सकिनेछ ।
मकर, (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :– समस्याप्रति गम्भीर नबन्दा दुःख पाइनेछ । स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला । समस्या दर्साउँदा सहयोगी फेला पर्नेछन् । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ । नसोचेको अवसरले जिम्मेवारी दिलाउन सक्छ । टाढिएका साथीभाइ नजिकिनेछन् भने मित्रता नै दिगो लाभको संवाहक बन्न सक्छ ।
कुम्भ,( गु, गे, गो, सा, सि, सु, से, सो, द) :– व्यवसायका लागि सम्भावना खोजी गर्ने समय छ । तर, मनोरञ्जनमा अलमलिँदा लक्ष्यमा पुग्न बाधा पर्नेछ । आजको यात्रा र आतिथ्य खर्चिलो बन्नेछ । समय लागे पनि मिहिनेतले काम बन्नेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ । विशेष उपहार प्राप्त हुन सक्छ । प्रियजनसँगको सान्निध्यले दिन रमाइलो रहनेछ । अध्ययन, लेखन तथा मनोरञ्जनमा समय बित्नेछ ।
मीन,(दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :– वादविवादमा अलमलिनुपर्दा काममा बाधा पुग्नेछ । ईर्ष्यालु प्रवृत्ति भएकाहरूले सताउन सक्छन् । आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन् । विवादबाट जोगिँदै समयको गतिलाई पछ्याउने प्रयत्न गर्नुहोला । बाहिरी स्रोत जुट्नाले दिन उत्साहजनक रहनेछ । प्रतिस्पर्धामा विजयी भइनेछ । द्वेष गर्नेहरूले हार खानेछन् । मिहिनेतले उपलब्धि दिलाउनेछ ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन मंगलमय रहोस्