काठमाडौं – जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहनु भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने हिरासतमै रहेको तस्बिर भनी सामाजिक सञ्जालमा भाइरल भएको छ ।
हिरासतजस्तो देखिने कोठामा ओढ्ने ओढेर सुतिरहेको तस्बिर सामाजिक सञ्जालमा राख्दै त्यो रवि लामिछाने नै भएको दाबीसहित भाइरल बनाइएको थियो । रास्वपाका नेतासमेत रहनु भएका रविका सहयोगी दीपक बोहराले सरकारमाथि प्रश्न उठाउँदै सामाजिक सञ्जाल प्रश्न उठाउनु भएको छ ।
सो तस्बिर रवि लामिछानेको पक्षमा आन्दोलन गर्दै आएका रास्वपाका समर्थक डा निकोलस भुसालले खिचेको खुलेको छ । भुसालले दुई दिनअघि ‘नागरिक विद्रोह’ का जुट्न आह्वान गर्दै सामाजिक सञ्जालमा एक पोस्ट गर्नु भएको थियो । उहाँले शनिबार चितवनमा आन्दोलनका लागि जुट्न आह्वान गरेको पोस्टरसहित रविको उक्त भाइरल तस्बिर हाल्नु भएका थियो । तर आज सो तस्बिर भुसालले हटाउनु भएको छ ।