शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

मौसम पूर्वानुमान महाशाखाको वेबसाइट ह्याक

सोमवार , पौष १, २०८१

काठमाडौं, १ पुस, -जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाको वेबसाइट ह्याक भएको छ । गएरातिसम्म खुलिरहेको महाशाखाको वेबसाइट (www.mfd.gov.np) आज बिहान ह्याक भएको हो ।

महाशाखाले मौसमी गतिविधिको जानकारी दिने गर्दछ । तर वेबसाइट ह्याक भएपछि महाशाखाको वेबसाइटबाट सिधै मौसमसम्बन्धी जानकारी लिन नसकिने भएको छ ।

मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीले ह्याक भएको जानकारी आफूलाई नभएको बताए । ‘त्यसबारे मलाई जानकारी नै थिएन, म बुझेर आइटीलाई खबर गर्छु,’ उनले भने ।

प्रतिक्रिया