२०८१ पुस १ गते, सोमवार, १६ डिसेम्बर २०२४। पौष कृष्णपक्ष प्रतिपदा तिथि, १३ः२१ बजेपछि द्वितीया । आर्द्रा नक्षत्र । चन्द्रराशि मिथुन ।
मेष,(चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :– कर्मयोगले नयाँ मोड लिनेछ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ । शत्रु परास्त हुनेछन् भने प्रतिस्पर्धीहरू पछि हट्नेछन् । अग्रज तथा सहयोगी जुट्नाले सोचेको लाभ उठाउन सकिनेछ । पुरुषार्थले काममा सफलता दिलाउनेछ । नाम, दाम र इनाम आर्जन गर्न सकिनेछ ।
वृष,(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :– बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर जुट्नेछ । चिताएको काम सम्पादन हुनेछ । पहिलेका कमजोरीलाई सुधार्ने मौका छ । मिहिनेतले सम्मानित स्थान दिलाउनेछ । मान–सम्मान प्राप्त हुनेछ । सम्पादित कामबाट धन लाभ हुनेछ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ । नाम, दाम र इनाम प्राप्त हुनेछ ।
मिथुन,(का, कि, कु, घ, ङ, छ, के, को, ह) :– रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्नेछ । मिहिनेतको परिणामले आत्मविश्वास बढाउनेछ । विशेष अवसरले प्रसन्नता दिलाउनेछ भने सहयोगीहरूको साथले काममा उत्साह जगाउनेछ । विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ भने आकर्षक उपहार प्राप्त हुन सक्छ । रमाइलो जमघटको आनन्द प्राप्त हुनेछ । नयाँ कामको अवसर प्राप्त हुने सम्भावना छ, हौसला जाग्नेछ ।
कर्कट,(हि, हु, हे, हो, डा, डि, डु, डे, डो ) :– खर्चको जोहो गर्न आफन्त र परिवारबाट टाढिनुपर्ला । धेरै लगानी गर्दा कममात्र फाइदा हुनेछ । अर्थअभावले काम पूर्ण नहुन सक्छ । कमजोरी सच्याउन काम दोहोर्याउनुपर्ला। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन् । साथीभाइको सहयोगले यात्रा हुनेछ । आफ्ना कमजोरीबाट लाभ उठाउनेहरू सक्रिय हुने हुँदा सावधान रहनुहोला ।
सिंह, (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :– भौतिक साधन जुट्नाले प्रसन्नता मिल्नेछ । आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि बढी नै फाइदा हुनेछ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । साझेदारीमा पनि राम्रो फाइदा हुनेछ । आम्दानी बढ्नाले परिवारजनका आवश्यकता पूरा हुनेछन् । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ । चिताएको काम बन्नेछ भने अवसरले राम्रै लाभ दिलाउनेछ ।
कन्या, (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) :– कामको सन्दर्भमा प्रतिष्ठित व्यक्तिहरूसँग सहकार्य गर्ने अवसर जुट्नेछ । दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ । विशेष भेटघाटले काममा उत्साह बढाउला । मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ । तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ । सामाजिक जिम्मेवारी प्राप्त हुनुका साथै आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व पनि हातलागी हुने सम्भावना छ ।
तुला,(र, रि, रु, रे, रो, ता, ति, तु, ते) :– तत्काल कम उपलब्धि भए पनि अवसर खोज्ने समय छ । प्रयत्न गर्दा विश्वास नलागेको काम समेत सजिलै बन्न सक्छ । सामाजिक जिम्मेवारी प्राप्त हुनेछ । पहिलेका समस्या सुल्झाउन सफल भइनेछ । तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ । व्यापारमा पनि राम्रै फाइदा हुनेछ । दिगो योजना बन्न सक्छ । मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ ।
वृश्चिक, (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :– प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला । स्वास्थ्य कमजोर रहनाले औषधि–उपचारमा खर्च बढ्नेछ । यात्रा कष्टपूर्ण हुनेछ र अरूको विश्वास गर्दा आफ्नो काम रोकिन सक्छ । आफ्ना सूचना बाहिरिने समय रहेकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला । कमजोर नतिजा सच्याउन काम दोहोर्याउनुपर्ने हुन सक्छ । लगनशीलताले लाभ उठाउन सकिनेछ ।
धनु ,(ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :– प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ । साथीभाइको सहयोगले काममा उत्साह मिल्नेछ । भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । अतिथिका रूपमा सत्कार पाइनेछ । खर्च लागे पनि घुमफिर तथा मनोरञ्जनको समय छ । आम्दानी बढाउने काम सुरु हुनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ । व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुन सक्छ ।
मकर, (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :– चुनौती अँगाल्नुपरे पनि आँटले लक्ष्यमा पुर्याउनेछ । ईष्र्या गर्नेहरू स्वयं पछि पर्नेछन् भने कर्मयोगले भविष्यको बाटो समाउनेछ । समस्या पन्छाएर अधिकार स्थापित गर्न सकिनेछ । दिगो फाइदा हुने काममा जग बसाउने मौका छ । रोग तथा शत्रुमाथि विजय प्राप्त हुनेछ । प्रतिस्पर्धाको दौडमा समेत जित हासिल हुनेछ । पेसा–व्यवसायमा मनग्य लाभ उठाउन सकिनेछ ।
कुम्भ,(गु, गे, गो, सा, सि, सु, से, सो, द) :– रोकिएको काम सम्पादन हुनेछ र नयाँ काम गर्ने अवसर समेत जुट्नेछ । अध्ययनमा राम्रो प्रगति हुनेछ । सेवामूलक कामबाट धनलाभ हुनेछ । शुभचिन्तकहरूले साथ दिनेछन् । प्रतिभा प्रदर्शन गर्दै उपलब्धि प्राप्त गर्न सफल भइनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । सानो प्रयत्नले लक्ष्य प्राप्त हुनुका साथै दिगो काम प्रारम्भ हुनेछ । फाइदाको स्रोत पहिल्याउन सकिनेछ ।
मीन ,(दि, दु, थ, झ, ञ, दे, दो, च, चि) : – प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ । हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुन सक्छ । बेसुरमा दिइएको वचनले समस्या निम्त्याउन सक्छ । महत्वपूर्ण योजना तत्काल सार्वजनिक नगर्नुहोला । घरायसी आवश्यकता बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ । अनावश्यक साइनो गाँसी नजिकिनेहरूसँग अलि सावधान रहनुहोला ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन मंगलमय रहोस्