बि.सं.२०८१ मंसिर २८ गते शुक्रबार ई.सं.२०२४ डिसेम्बर १३ नेपाल सम्बत ११४५ थिंलाथ्व त्रयोदशी , कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं हेमन्त ऋतु, मार्गशुक्ल त्रयोदशी, चन्द्रमा मेष राशिमा, भरणी नक्षत्र , शिव योग, कौलव करण । आज नेपालमा सूर्योदय बिहान ०६स् ४५ बजे, सूर्यास्त साँझ ०५स् १० बजे हुनेछ । आज जन्म लिने बच्चा मेष राशीको हुनेछ ।
आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०८ बजेर ०३ मिनेट देखि ०९ बजेर २१ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :– मेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ । हिम्मतले काम बनाउन सकिनेछ । ईष्र्या गर्नेहरूको मनोबल कमजोर हुनेछ । सानो प्रयत्नले ठूलो फाइदा हुनेछ । दीर्घकालसम्म फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ । उपलब्धिले थप उत्साह जगाउनेछ । बोलीको भरमा काम सम्पादन हुन सक्छ । तार्किक क्षमताले मानसम्मान र फाइदा दिलाउनेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :– सुरुमा खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । चुनौतीपूर्ण काममा हात हाल्न केही समय पर्खनुहोला । छर–छिमेकमा असमझदारी बढ्ने योग देखिए पनि मध्याह्नपछि स्थितिमा सुधार आउनेछ । चिताएका काममा शुभचिन्तकहरूले साथ दिनेछन् । टाढाका साथीभाइको निम्तो प्राप्त हुन सक्छ । पारिवारिक भेटघाटले खुसियाली छाउनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) :– आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । प्रयत्न गर्दा दिगो काम प्रारम्भ हुन सक्छ । ऋणमोचन हुने सम्भावना छ । तर रकम हातलागी भए पनि खर्च गर्नुपर्ला । आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने कोसिस गर्लान् । मध्याह्नपछि आकस्मिक खर्च बढ्नाले अर्थ संग्रहमा बाधा पुग्नेछ । यात्रा गर्ने अवसर जुट्नेछ । जोखिम उठाउनुपरे पनि पछि फाइदा हुने काम प्रारम्भ हुन सक्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :– समाजमा तारिफयोग्य काम सम्पादन गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । कीर्तिमानी काम गर्ने समय छ । साथीभाइको सहयोग जुट्नाले मनग्य फाइदा हुनेछ । मध्याह्नदेखि आम्दानी बढ्नेछ । मेहनत गर्दा आम्दानीका नयाँ स्रोतसमेत फेला पर्नेछन् । तर आकस्मिक समस्याले खर्च गराउला । सरसापटमा पनि धन बाहिरिन सक्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :– मेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउनेछ । पेसा–व्यवसायमा लाभ हुनेछ । हिम्मतले काम बनाउन सकिनेछ । मध्याह्नपछि अरूको साथ जुट्नेछ । प्रयत्न गर्दा पदीय जिम्मेवारी प्राप्त हुनेछ । समुदायको हितमा राम्रै काम गर्न सकिनेछ । सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने जिम्मेवारी हात पार्ने मौका छ । कीर्तिमानी काम गर्ने समय छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) :– स्वास्थ्य कमजोर रहनाले चिताएको काम पूरा गर्न नसकिएला । जिम्मेवारी भने बढिरहनेछन् । काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति देखिन्छ । तापनि मध्याह्नदेखि समुदायको हितमा केही काम गर्न सकिनेछ । गुमेको स्थान प्राप्त हुनुका साथै समाजमा आफ्नो वर्चस्व बढ्नेछ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । धनलाभ हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :– बिहानको समय रमाइलो तथा कामका लागि अनुकूल रहनेछ । परिवारजनको साथले नयाँ आशा जगाउनेछ । मनपर्ने भौतिक साधन जुट्नेछ । मध्याह्नदेखि स्थिति प्रतिकूल बन्नाले काममा समय दिन नसकिएला । आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन् । स्वास्थ्य–उपचारमा खर्च हुने योग छ । सानातिना समस्यामै अल्झनुपर्ला । अर्थ अभावले पनि सताउन सक्छ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :– प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ । अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । मध्याह्नदेखि रमाइलो जमघटमा सहभागी भइनेछ । प्रियजनसँग भेटघाट हुनेछ भने अतिथिका रूपमा सम्मान प्राप्त होला । पेसा–व्यवसायमा पनि मनग्य फाइदा उठाउन सकिनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :– कामका लागि बिहानको समय अनुकूल रहनेछ भने परिस्थिति पनि रमाइलो हुनेछ । परिवारजनको साथले नयाँ आशा जगाउनेछ । मनपर्ने भौतिक साधन जोड्ने समय छ । मध्याह्नपछि नयाँ कामतर्फ अग्रसर भइनेछ । मिहिनेतले राम्रै प्रतिफल दिलाउनेछ । चुनौती चिर्दै काम बनाउन सकिनेछ । पहिले ईर्ष्या गर्नेहरूले सहयोग गर्न थाल्नेछन् । थोरै लाभ भए पनि दिगो काम प्रारम्भ हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :– आँटले काम लिन नसक्दा पछि परिनेछ । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ला । पहिलेका समस्या दोहोरिन सक्छन् । मध्याह्नपछि स्थितिमा सुधार आउनाले सजिलै लक्ष्य प्राप्ति होला । बुद्धिको उपयोगले प्रतिष्ठा जोगाउन सफल भइनेछ । रचनात्मक कार्यमा जुट्दा मनग्य फाइदा उठाउन सकिनेछ । प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) :– छोटो समयमा उपलब्धि हात पार्ने अवसर प्राप्त हुनेछ । विभिन्न भौतिक साधन संग्रह गर्ने मौका छ । प्रतिद्वन्द्वीहरूलाई पछि पार्न सकिनेछ । चिताएको काम पनि पूरा हुन सक्छ । मध्याह्नदेखि साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला । बेसुरमा काम गर्ने बानीले मेहनत खेर जानेछ । आँटेको काम बिग्रन सक्छ । पेसा–व्यवसायमा फाइदा कम देखिए पनि प्रयास भने दोहोर्याउनुहोला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :– लगनशील बन्दा प्रशंसकहरू बढ्नेछन् भने मनग्य धन लाभ हुनेछ । विचारले धेरैलाई प्रभावित पार्न सकिनेछ । प्रयत्न गर्दा बोलीको भरमा काम बन्नेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । मध्याह्नदेखि साथीभाइले राम्रै सहयोग जुटाउनेछन् । पछिसम्म लाभ हुने काम प्रारम्भ गर्ने समय छ । भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला । व्यापारमा पनि मनग्य धनलाभ हुनेछ्र ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन मंगलमय रहोस्