शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

यस्तो छ आज बुधबारको मौसम पूर्वानुमान

बुधवार , मंसिर २६, २०८१

काठमाडौँ ,२६ मंसिर – जल तथा माैसम विभाग माैसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

हाल कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । तराई तथा उपत्यका धेरै स्थानहरूमा हुस्सु साथै केही

स्थानहरुमा कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले आज बिहान ६ः०० बजे जारी गरेको मौसम ‘बुलेटिन’मा जनाइएको छ ।

आज दिउँसो कोशी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।

त्यस्तै आज राती कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ।

बिहानको समयमा तराई तथा उपत्यका धेरै स्थानहरूमा हुस्सु साथै केही स्थानहरुमा कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन,यातायात तथा हवाई उड्डयनमा क्षणिक/आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनुहुन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया