शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

आज सुन तोलामा ९ सय बढ्यो

बुधवार , मंसिर १२, २०८१

काठमाडौं,१२ मंसिर – स्थानीय बजारमा सोमबार र मंगलबार उच्च अंकको गिरावट आएको सुनको मूल्य बुधबार भने बढेको छ । बुधबार सुनको मूल्य तोलामा ९ सय बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ४९ हजार ६ सय रुपैयाँ निर्धारण गरेको छ । अघिल्लो दिन १ लाख ४८ हजार ७ सय रुपैयाँ थियो ।

यसअघि कात्तिक १५ गते सुनको भाउ प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो । सरकारले भन्सार दर १० प्रतिशत घटाउनु र अन्तर्राष्ट्रिय बजारमा केही घटेपछि नेपालमा सुनको भाउ घटेको थियो ।

चाँदीको मूल्य आज प्रतितोला १० रुपैयाँ बढेको छ । अघिल्लो दिन १८२० रुपैयाँ रहेको चाँदी यस दिन १८३० रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया