शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

आज सुनको मूल्य २६ सयले घट्यो

मंगलवार , मंसिर ११, २०८१

काठमाडौँ, ११ मंसिर– आज मंगलबार पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा २६ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य तोलामा एक लाख ४८ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

अघिल्लो दिन सोमबार १५ हजार नौ सय रुपियाँले घटेर एक लाख ५१ हजार तीन सय रुपियाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेको छ । आज चाँदी १८ सय २० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

चाँदी सोमबार प्रतितोला एक हजार आठ सय ४५ रूपियाँमा किनबेच भएको थियो ।

प्रतिक्रिया