सिन्धुली – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिन्धुलीको सभापतिमा अविनाश बस्नेत सभापतिमा सर्वसम्मत चयन हुनु भएको छ । सिन्धुलीमाडीमा सोमवार भएको भेलाले बस्नेतलाई जिल्ला सभापतिमा सर्वसम्मत निर्वाचित गरेको हो । बस्नेत यसअघि रास्वपा सिन्धुली क्षेत्र नं २ को क्षेत्रीय सभापति हुनु हुन्थ्यो ।
भेलाले सभापति बस्नेतको नेतृत्वमा ११ सदस्य जिल्ला कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । उपसभापतिमा मरीणका बिर्ख बहादुर बोम्जन, सचिवमा कमलामाईका लालप्रसाद देवकोटा, र सह सचिवमा दुधौलीकी बसन्ती बानियाँ निर्वाचित हुनु भएको छ । कोषाध्यक्ष भने विद्यान बमोजिम मनोनीत गरिने रास्वपा बागमती प्रदेश कोषाध्यक्ष मेनुका ठकुरीले जानकारी दिनुभयो ।
त्यसै गरी सदस्यहरूमा धनेन्द्र कार्की, उद्धव सिंह घिसिङ, नारायण प्रसाद पहाडी, तारा बहादुर श्रेष्ठ, दीपेश तामाङ, भक्त माया विश्वकर्मा र सरिता माया स्याङतान सर्वसम्मत निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
निर्वाचन क्षेत्र नम्बर १ को संयोजकमा जीत बहादुर माझी र निर्वाचन क्षेत्र नम्बर २ को संयोजकमा देवी प्रसाद देवकोटालाई तोकेको छ ।