शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सुनको मूल्य तोलामा १ हजार ७०० रुपैयाँ बढ्यो

आइतवार , मंसिर ९, २०८१

काठमाडौँ,०९ मंसिर – नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा १ हजार ७०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा १ लाख ६५ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार बढेर तोलामा १ लाख ६७ हजार २०० रुपैयाँ कायम भएको हो ।

यस्तै चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार तोलामा १ हजार ९४० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार बढेर १ हजार ९६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया