शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सुनको मूल्य एक हजार बढ्यो

बिहिवार , मंसिर ६, २०८१

काठमाडौँ, ६ मंसिर - आज सुनको मूल्य प्रतितोला रु एक हजारले बढेर रु एक लाख ६४ हजार कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य रु एक लाख ६३ हजार थियो ।

त्यस्तै चाँदीको मूल्य भने आज स्थिर छ । अहिले चाँदीको मूल्य तोलाको एक हजार नौ सय ५० कायम भएको महासंघले जनाउको छ । कात्तिक १५ गते रु एक लाख ७१ हजारमा सुनको कारोबार भई उच्च मूल्य कायम भएकामा पछिल्लो समय मूल्य घट्ने, बढ्ने भइरहेको छ ।

प्रतिक्रिया