शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सुनको मूल्य तोलामा २४ सयले घट्यो

मंगलवार , कार्तिक २७, २०८१

काठमाडौं ,२७कार्तिक- स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ । मंगलबार छापावाल सुन तोलामा २४ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज सुन प्रतितोला एक लाख ६२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन प्रतितोला एक लाख ६५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यसदिन चाँदीको मूल्य तोलामा ३० रुपैयाँ घटेको छ । चाँदी प्रतितोला एक हजार ९२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया