शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

आज सुनको मुल्य घट्यो

सोमवार , कार्तिक २६, २०८१

काठमाडौं ,२६ कार्तिक– अघिल्लो दिन तोलामा ५ सय घटेको सुन सोमबार १ हजार घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ६५ हजार रुपैयाँ तय गरेको छ । अघिल्लो दिन १ लाख ६६ हजार रुपैयाँ थियो । यसअघि कात्तिक १५ गते सुनको भाउ प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो ।

त्यस्तै चाँदीको भाउ तोलामा ५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १९६० रुपैयाँ रहेको चाँदी यस दिन १९५५ मा झरेको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया