शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

तिहारपछि तोलामा २९०० घट्यो सुन

मंगलवार , कार्तिक २०, २०८१

काठमाडौँ,२० कार्तिक- तिहारपछि सुनको भाउ तोलामा २९०० घटेको छ । तिहारअघि गत बिहीबार सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख ७१ हजार १०० रुपैयाँ पुगेको थियो । आज मंगलबार १ लाख ६८ हजार २०० रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारको प्रभावले नेपाली बजारमा पनि मूल्य घटेको हो । चाँदीको भाउ तिहारपछि तोलामा ६० रुपैयाँ घटेको छ । गत बिहीबार प्रतितोला २०९० रुपैयाँ रहेको चाँदी आज २०३० रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया