शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

आज मंगलवारको मौसम पूर्वानुमान

मंगलवार , कार्तिक २०, २०८१

काठमाडौँ,२० कार्तिक – जल तथा माैसम विभाग माैसम पूर्वानुमान महाशाखाका अनुसार देशभर पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ ।

शभर आंशिक देखि साधारणतया बदली रहि देशका पहाडी भू-भागका एक दुइ स्थानमा हल्का बर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले आज बिहान ६ः०० बजे जारी गरेको मौसम ‘बुलेटिन’मा जनाइएको छ ।

आज दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश लगायत बाग्मती प्रदेश र सुदुरपश्चिम प्रदेश देशका पहाडी भू-भागका थोरै र बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू‍-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आज राति देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ ।बागमती प्रदेशका र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुइ स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ

कोशी प्रदेश लगायत देशका पहाडी भू-भागका एक दुइ स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू‍-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेकोले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा क्षणिक/आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन मौसम पूर्वानुमान महाशाखा अनुरोध गरेको छ ।

प्रतिक्रिया