काठमाडौँ १४ कार्तिक – सुनको मूल्यले आज नयाँ रेकर्ड कायम गरेको छ। आज एकै दिन तोलामा २ हजार २०० रुपैयाँ बढेर सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ७० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन सुनको मूल्य तोलामा १ लाख ६८ हजार ५ सय रुपैयाँ कायम भएको थियो। महासंघका अनुसार आज कायम भएको नयाँ मूल्य हालसम्मकै उच्च हो।
यस्तै आज चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेको छ। अघिल्लो दिन तोलामा २ हजार १०५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आज १५ रुपैयाँ बढेर २ हजार १२० रुपैयाँ कायम भएको छ।